- ग्यासको मिश्रण: उक्त स्थानको धुँवामा सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडको मिश्रण पाइएको छ। अन्य कुनै बहुमूल्य खनिज भने भेटिएको छैन।
- कमसल कोइला र धुँवाको कारण: धुँवा निस्किएको ठाउँमा माटो मिसिएको कमसल खालको कोइला (खराब कोइला) रहेको छ। उच्च तापक्रम र पहिरोका कारण अक्सिजनको सम्पर्कमा आउँदा उक्त कोइला सल्किने र आगो बल्नुको साटो धुँवा मात्र पुत्ताउने गरेको पाइएको छ।
- पाइराइट तत्वको उपस्थिति: त्यहाँको चट्टानमा फलाम र सल्फरको मिश्रण रहेको ‘पाइराइट’ तत्व पाइन्छ। साथै, नजिकैको पानी परीक्षण गर्दा फलामको मात्रा समेत भेटिएको छ।