काठमाडौं, २१ असाेज । नेपाली बजारमा असोज २1 गते, बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो।

मूल्य वृद्धिसँगै बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन (मङ्गलवार) सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला चार हजार ४२५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा लगातार परिवर्तन भइरहेको व्यवसायीहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0