Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर headline main चाडपर्वमा गुल्जार हुने कागबेनीधाम गुमनाम

चाडपर्वमा गुल्जार हुने कागबेनीधाम गुमनाम

द्वारा
अनलाइन अन्नपूर्ण
-
46
Facebook
X
Pinterest
WhatsApp

    मुस्ताङ, १९ असोज। चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम गुमनाम बनेको हो । चैते दसँै र बडा दसँैअघिको सोह्र श्राद्ध तिथिमा दिनहु सयौँ धार्मिक तीर्थालुको घुइँचो लाग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीधाम असोज ८ गतेदेखि यताबाट पूर्ण सुनसान छ ।

    दिवङ्गत पितृको सम्झनामा कागबेनीधामको कालीगण्डकी नदीको तटमा पिण्डदान, तपर्ण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास छ । तेत्तिस कोटी देवताले बाँस गरेको धार्मिक तपोभूमि मुस्ताङको कागबेनीमा पुजापाठ गरी श्राद्ध गर्नाले दिवङ्गत पितृको उद्धार हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ । मुस्ताङको कागबेनीधाममा बर्सेनि हजारौँ धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न यहाँ आइपुग्ने गर्छन् । यसरी आएका धार्मिक तीर्थालु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरी फर्किने गर्छन् ।

    अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रप्सद्वारा सञ्चालित पितृतीर्थ स्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाले भदौ १० गतेको रसुवाको बाढी र असोज ८ गतेदेखिको भारी वर्षाका कारण आएको बाढी पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको सङ्ख्या शून्य अवस्थामा रहेको जानकारी दिनुभयो । यस वर्षको सोह्रश्राद्धको आठौँ दिन बितिसक्दा एक प्रतिशत पनि धार्मिक तीर्थालु कागबेनीमा आउन नसकेको पुजारी कोइरालाले बताउनुभयो । विगतकामा दैनिक ५०० धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न मुस्ताङको कागबेनी धाममा आइरिन्थे ।

    अझै दसँैको सोह्र श्राद्धको अन्तिम दिन औँसी तिथिमा झनै धार्मिक तीर्थालुको भीडले कागबेनीधाम थेगिनसक्नु हुन्थ्यो । आँैसीको अघिल्लो दिन र पछिल्लो दिनमा कागबेनीधाममा श्राद्ध गर्न आएका तीर्थालुहरुको उपस्थितिले मुस्ताङको घाँसादेखि माथि मुक्तिनाथसम्मका होटलहरु तीर्थालुहरुले भरिभराउ हुन्थ्यो । यसपटक भारी वर्षासँगै बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा भक्तजन तीर्थालुहरुको उपस्थितिमा पूर्णविराम लागेको छ ।

    मुस्ताङको कागबेनीधाममा सडक अवरुद्धका कारण जिल्ला बाहिरबाट आएका एक दर्जन बढी श्राद्ध गर्ने पुजारीहरु पनि श्राद्ध गर्न नपाई आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् भने कागबेनी धर्मशालामा कार्यरत रहेको आठ जना पुजारीमध्ये तीन जना पुजारी घर फर्किएको पुजारी गौतम कोइरालाको भनाइ छ । यसपालिको सोह्र श्राद्धको आठौ दिनसम्म आईपुग्दा दैनिक २÷३ जनाले मात्रै पितृको नाममा श्राद्ध गर्ने गरेको उहाँको भनाई छ ।

    यसपालिका सडक अवरुद्ध भएकाले आठाँै दिनसम्ममा जम्मा डेढ दर्जन जतिले मात्रै कागबेनीमा श्राद्ध गरेको र त्यसमध्ये पनि कतिपय जिल्लाभित्र रहेका निजामति कर्मचारी रहेको पुजारी कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्षहरुमा कागबेनीधाममा श्राद्ध गराउन सयभन्दा बढी पुजारी आइरिने गरेकामा यस वर्ष रसुवाको बाढी घटना र भारी वर्षाले सडक अवरुद्ध हुँदा त्यस्तो पुजारी पण्डितहरुको उपस्थिती नभएको उहाँको भनाइ छ ।

    धार्मिक आस्थाको केन्द्र मुस्ताङको कागबेनीधाम र मुक्तिनाथ मन्दिरमा सडक अवरुद्ध हुँदा पर्यटकविहीन सुनसान अवस्थामा छ । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड रहेको कागबेनीधाम र मुक्तिनाथ मन्दिरमा आउने सडक अवरुद्ध हुँदा मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो असर पु¥याएको विद्यमान अवस्था छ । सोह्र श्राद्ध सुरु भएदेखि दसँैको नवरात्रसम्म उल्लेख धार्मिक तीर्थालुहरु मुस्ताङ आउने गरेकामा सडक अवरुद्धले गर्दा यसक्षेत्रको पर्यटन व्यवसाय प्रतिकूल बनेको छ ।

    बेनी—जोमसोम सडकमार्ग एक साता बढी अवरुद्ध भइरहँदा कागबेनीधाममा बसेका पुजारी पण्डितहरु पनि कामविहीन फुर्सदिला र बेरोजगार बनेको पाइएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित होटल याक डोनाल्सकी सञ्चालिका एवं पर्यटन व्यवसायी लक्ष्मी गुरुङले रसुवाको भोटेकोशी बाढी विपद् र भारी वर्षाले बेनी—जोमसोम सडकमा पु¥याएको क्षतिका कारण मुस्ताङको पर्यटन क्षेत्रले ठुलो नोक्सानी व्यवहोर्नु परेको बताउनुभयो ।

    “यो समय पर्यटकीय अनुकूल याम हो, यही बेला बेनी—जोमसोम सडक अवरुद्ध हुनु हामीहरुका लागि दुर्भाग्य हो,” पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “मुस्ताङको सिजेनबल व्यापारले बाह्रै महिना धान्नुपर्ने बाध्यता छ, मुस्ताङ आउने योजना बनाएका पर्यटकहरुले समेत धमाधम होटल बुङ्किङ रद्द गरिहेका छन् ।” पर्यटन व्यवसाय गुरुङले असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले मुस्ताङमा पर्यटन व्यवसायसहित कृषक, यातायात व्यवसायी, उद्योगी, व्यवसायीलगायत मुस्ताङमा अलपत्र परेका पर्यटकहरुलाई पनि विद्युत्, इन्टरनेट र सडक अवरुद्धले असर पु¥याएको उल्लेख गर्नुभयो ।

    “स्याउ किसान स्याउ बिक्री गर्न नपाएर रोइरहेका छन्, अलपत्र परेका पर्यटकहरु बैङ्किङ सेवा बन्द भएर होटलमा बसेको र खाएर पैसा तिर्न नसकेर समस्यामा परेका छन्,” उहाँले भन्नुभयो, “इन्धनको समस्या परिरहेको छ, विकास निर्माणका काम सबै ठप्पै भएको छ ।” पर्यटन व्यवसायी गुरुङले सोह्र श्राद्ध तिथिमा झन्डै ५० हजार बढी पर्यटक कागबेनीमा आउने गरेकामा अहिले त्यो अवस्था नरहेको बताउनुभयो । बेनी—जोमसोम सडक अवरुद्धले सबै क्षेत्रमा उत्तिकै असर परेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।

    मुस्ताङको कागबेनीस्थित कालीगण्डकी नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थलमा दिवङ्गत पितृहरुको सम्झनामा धार्मिक अनुष्ठानसहित श्राद्ध गर्नाले पिृत खुसी भई पुण्य प्राप्ति हुने भनाइ छ । काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागबेनीमा स्नान गरेकाले कागबेनीधामको कालीगण्डकी नदीको तटलाई धार्मिक पुण्यस्थलका रुपमा लिने गरिन्छ । बर्सेनि सोह्र श्राद्ध तिथिमा कागबेनीधामको कालीगण्डकी नदी तटमा हजारौ तीर्थालुहरुले दिवङ्गत पितृहरुको नाममा श्राद्ध गर्ने गर्छन् ।

    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमावेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने
      अर्को लेखमाबेनी-जोमसोम-कोरला सडक : मर्मत जारी
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      सिफारिस

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      November 24, 2026

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026

      Почему устаревшие технологии циклически возникают в тренд

      November 24, 2026

      Почему подсветка существенно меняет атмосферу помещения

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      wp-admin - November 24, 2026 0