नारायण शर्मा/नवलपरासी, ९ असाेज । गत २४ घण्टादेखिको वर्षादका कारण नारायणी नदीमा पानीको सतह ह्वात्तै बढेको छ । शुक्रवार राती पौने ९ बजे पूर्वी नवलपरासीको सिमावर्ति क्षेत्र त्रिवेणधाम स्थित गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिएको छ ।

बिहिवार सांझ सम्म ७३ हजार क्यूसेक लिटर पानीको बहाब रहेको त्रिवेणी स्थित गण्डक ब्यारेजमा शुक्रवार (अहिले ) राती सवा नौ बजे पानीको बहाब १ लाख ९० हजार क्यूसेक लिटर पुगेको छ । इलाका प्रहरी कार्याल त्रिवेणीधामले गण्डकमा पानीको सतह बढेका कारण भारतले आफनो सुरक्षाकालागि सबै ढोका माथि उचालिसकेको (खोलेको) जानकारी दिएको छ ।

देवघाट, नारायणगढ हुदै त्रिवेणीधाम पुग्ने नारायणी नदीलाई त्रिवेणी र भारतमा गण्डक भनेर चिनिन्छ । त्रिवेणीधाम स्थित नेपाल भारतको सिमानामा बांध बनाएर भारतले उत्तर प्रदेश र बिहारका करिब १० लाख हेक्टर जमिनमा सिंचाइकालागि नहर बनाएर लगेको छ । नारायणी नदीमा बांध बनाएर भारतमा सिंचाइका लागि पानी लगेका कारण त्यहा पानी नियन्त्रणको जिम्मा भारतको हातमा मात्र छ ।

देबघाट जलमापन केन्द्रले देखाएको पानीको बिबरणमा देबघाटमा अहिले राती पानीको सतह ६ दशमलब ८९ मिटर माथि पुगेको छ । यहा पानीको सतह ७ दशमलब ३ मिटर माथि पानीको बहाब आइपुग्दा चेतावनी तह भन्ने बुझिन्छ ।

जिल्ला प्रहरी प्रमुख युवराज खडकाले नारायणी आसपासको क्षेत्रमा सुरक्षासंबेदनशिलताका आधारमा सुरक्षाकर्मीको टोलि खटाइएको जानकारी दिए । प्रहरीले दिनभरी बाढिका जोखिम रहेका स्थामा माइकिंग समेत गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0