
नारायण शर्मा, नवलपरासी, २ असाेज । रसुवाको बाढिमा बेपत्ता भएका पूर्वी नवलपरासी अन्तरगत मध्यबिन्दु नगरपालिकाका १२ जनाको कुशको शब बनाएर दाहा संस्कार गरिएको छ । अमलटारी स्थित नारायणी नदीको किनारमा केहिबेर अघि उनिहरुको दाहासंस्कार गरिएको हो ।
भोटेकोशिमा आएको बाढिपछि उनिहरु सबै सम्पर्क बिहिन भएका थिए । उनिहरुको गाउ सेतापानी र बाघखोर शोकमग्न रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीका सभापति एवं मध्यबिन्दु निवासी दोमन भण्डारीका अनुसार सबै १२ जनाको कुशको शब बनाएर नारायणी किनारमा दाहासंस्कार गरिएको हो । मध्यबिन्दुका दुई वटा वडाका सबै एकैपटक बाढिमा बेपत्ता भएपछि यहाको सेतापानी र बाघखोर गाउ शोकमग्न छ । उनिहरु रसुवाको तेन्जीन शेर्पा हाइड्रोपावरमा कार्यरत मजदुरहरु थिए ।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका अनुसार रसुवाको बाढिमा परेर मध्यबिन्दुका हेमबहादुर चौधरी, जीवन बिक, गंगाराम मुखिया, बिशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एकदेब महतो, नुमनारायण महतो, केशब महतो, तेजबहादुर थारु, हुसनबहादुर थापा, कालिराम महतो बेपत्ता थिए ।
मजदुरीका लागि उनिहरु गत चैत देखि साउन अन्तिम साता सम्म रसुवा गएका थिए । उनिहरुको खोजिकार्यमा सबै उपाय अबलम्बन गर्दा समेत जिउदो वा शब नभेटिएपछि पिडित परिवारले चाहे अनुसार शुक्रवार बिहान नारायणी नदी किनारमा दाहासंस्कार गरिएको हो ।























