Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर headline main महासभामा जलवायु न्याय र क्षतिपूर्तिको विषय सशक्तरूपमा उठाइने

महासभामा जलवायु न्याय र क्षतिपूर्तिको विषय सशक्तरूपमा उठाइने

द्वारा
अनलाइन अन्नपूर्ण
-
49
Facebook
X
Pinterest
WhatsApp

    काठमाडौं, १ असोज। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनबाट सिर्जित क्षति, जलवायु न्याय, क्षतिपूर्ति तथा जलवायु वित्तको विषयलाई नेपालले सशक्तरूपमा उठाउने भएको छ ।

    प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा महासभामा नेपालको सहभागिताबारे जानकारी दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले अत्यन्त न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरिरहेको विषय अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने स्पष्ट पार्नुभयो ।

    जलवायु परिवर्तनका कारण नेपालले पटकपटक ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले जलवायुजन्य विपद्बाट प्रभावित मुलुकलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विषय नेपालले विश्वसमक्ष प्रस्तुत गर्ने जानकारी दिनुभयो । महासभामा नेपालले ‘फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज’ लगायत संयन्त्रबाट तत्काल र उचित क्षतिपूर्ति प्राप्त गर्नुपर्ने विषय उठाउँदै जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्ने सचिव राईले बताउनुभयो ।

    उहाँका अनुसार नेपालले जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायु स्मार्ट कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा पर्याप्तरूपमा उपलब्ध गराउन विकसित मुलुकसँग आग्रह गर्नेछ । त्यसैगरी नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमाल, हिमाली क्षेत्र तथा बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे महासभामा जानकारी गराउनेछ ।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको मूल नारा ‘विश्वास पुनस्र्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । महासभाको उच्चस्तरीय सप्ताह यही असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने सचिव राईले जानकारी दिनुभयो । उहाँका अनुसार महासभामा ८१ मुलुकका राष्ट्रप्रमुख तथा ५० मुलुकका सरकारप्रमुख सहभागी हुनेछन् । नेपालबाट प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।

    महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको सचिव राईले बताउनुभयो । महासभामा नेपालले ‘सहरदेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि कार्य गर्न आह्वान’ विषयमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्नेछ । जलवायु परिवर्तनका कारण विशेषगरी गरिब तथा जोखिममा रहेका क्षेत्रमा परेको असर र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

    महासभाका क्रममा अति कम विकसित मुलुक, भूपरिवेष्ठित विकासोन्मुख मुलुक, असङ्लग्न मुलुक तथा ‘ग्रुप अफ ७७ एन्ड चाइना’ लगायत मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको छ । उहाँले संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई सम्बोधन गर्नुका साथै मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुने सचिव राईले बताउनुभयो ।

    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमादातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग
      अर्को लेखमागण्डकी बोर्डिङमा मनाइयाे १४औँ राष्ट्रिय विज्ञान दिवस
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      सिफारिस

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      November 24, 2026

      Каким занятием увлечься вечерком по окончании рабочего дня

      November 24, 2026

      Каким делом заняться ввечеру по завершении рабочего дня

      November 24, 2026

      Casino web-based: how toward assess games, banking plus portal quality

      November 24, 2026

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      wp-admin - November 24, 2026 0