
ह्युस्टन, २९ भदौ । अमेरिकाले सोमबारदेखि जी–२० का विभिन्न बैठकहरू सुरु गरेको छ । अमेरिकाले बैठकमा ‘ऊर्जाको प्रचुरता’ लाई प्राथमिकताका रूपमा अघि सारे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको युद्धले विश्वव्यापी इन्धन बजारमा गम्भीर असर पारिरहेको छ । बैठकहरू तेल उत्पादनका लागि प्रसिद्ध अमेरिकी राज्य टेक्सासको ह्युस्टनमा बुधबारसम्म सञ्चालन हुनेछन् ।
विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू बैठकमा सहभागी हुँदैछन् । चीन, भारत, जापान र जर्मनीलगायत देशका प्रतिनिधि सहभागी हुनेछन् भने क्यानडा र साउदी अरबजस्ता प्रमुख तेल उत्पादक राष्ट्र पनि बैठकमा उपस्थित हुनेछन् । रुसी अधिकारीहरूले शनिबार मस्कोले पनि केही अधिकारीलाई बैठकमा पठाउने संकेत गरेका थिए । दुई साताअघि भएको जी–२० को बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको अप्रत्याशित उपस्थितिले समेत चर्चा पाएको थियो ।
युक्रेनका युरोपेली सहयोगी राष्ट्रहरूले भने रुसलाई बैठकमा आमन्त्रण गर्ने अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन् । युक्रेनमाथिको युद्धका कारण रुसलाई अन्तर्राष्ट्रिय मञ्चबाट अलग राख्ने प्रयास भइरहेका बेला अमेरिकाले मस्कोलाई आमन्त्रण गरेको भन्दै उनीहरूले निराशा व्यक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























