
पोखरा, ३१ साउन । पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीले पोखरा औधोगिक क्षेत्रमा रहका उद्योगहरुको अवलोकन गरेका छन्।
विद्यालयले सञ्चालन गरेको ‘शैक्षिक संस्था र उद्योगहरुबीचको सहकार्यबाट भविष्य निर्माण’ अभियान अन्तर्गत कक्षा ११ र १२ का गरि ६७ जना विद्यार्थीले पोखरा औधोगिक क्षेत्रमा रहेका उद्योगहरुको अध्ययन अवलोकन भ्रमण गरेका हुन् ।
विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्दै व्यावहारिक सिकाइको अवसर प्रदान गर्न भ्रमण आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए ।
अवलोकनको क्रममा फिष्टेल डेरी उद्योगका अध्यक्ष सुरेश धोजुले कम्पनीको उत्पादनको वारेमा जानकारी गराएका थिए । त्यस्तै बिद्यार्थीहरुले पोखरा नुडल्स प्रा.लिमा अवलोकन गरि उत्पादन प्रक्रियाको वारेमा जानकारी लिइएका थिए भने, गोशेली प्याकेजिङ लगायत अन्य उद्योगहरुको पनि अवलोकन गरि सोको वारेमा जानकारी लिएका थिए ।
अवलोकनले बिद्यार्थीको आन्तरिक तथा बाह्य प्रयोगात्मक परिक्षामा रिर्पोट तयार पार्न सहयोग पुग्ने प्रशासक चित्र गुरुङले बताए । अवलोकनमा प्लस टु तर्फका बिभागिय प्रमुखहरु शिक्षकहरु, लेखा संयोजक नवराज शर्मा,ल्याव सहयोगि मनिष सुनार लगायतको सहभागिता रहेको थियो।
गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट, माउंटेनियरिंङ र कम्प्युटर साइन्सको बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।

























