काठमाडौं, २८ साउन। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ पत्रकार तथा सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। समाचार लेखेकै आधारमा राज्य संयन्त्रले पत्रकारलाई नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले स्थापित मिडिया र पत्रकारमाथि कुनै निश्चित विधि र कानुनी प्रक्रिया नअपनाई धरपकड गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। राज्यले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउँदै उनले गिरफ्तार गरिएका पत्रकार श्रेष्ठको तत्काल र बिनासर्त रिहाइको माग गरेका छन्।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ
पत्रकार श्रेष्ठलाई बुधबार ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
समाचार प्रकाशन/प्रसारण गरेकै आधारमा राज्यले अपनाएको यो कदमप्रति सञ्चार जगतका साथै राजनीतिक वृत्तमा समेत विरोध र चासो बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?