Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर headline main आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता अपनाउन आग्रह

द्वारा
अनलाइन अन्नपूर्ण
-
68
Facebook
X
Pinterest
WhatsApp

    काठमाडौं, १८ साउन। आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ ।
    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वार मौसम बुलेटिमा उल्लेख छ । मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
    बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । विभागले आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेष गरी सुन्तला रङले सङ्केत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
    सतर्कता अपनाउन आग्रह विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
    त्यसैगरी, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । विभागले उच्च जोखिम भएका क्षेत्रमा नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
    आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा पूर्वसूचना नियमित रूपमा पालना गर्न पनि विभागले अनुरोध गरेको छ । यस्तै, मध्यम जोखिम रहेका जिल्लामा नदी तथा खोलाको सतह बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन तथा सम्भावित जोखिमबारे अद्यावधिक सूचना लिँदै सुरक्षित रहन विभागले आग्रह गरेको छ ।
    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमाइन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता
      अर्को लेखमाबढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      सिफारिस

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      November 24, 2026

      Каким занятием увлечься вечерком по окончании рабочего дня

      November 24, 2026

      Каким делом заняться ввечеру по завершении рабочего дня

      November 24, 2026

      Casino web-based: how toward assess games, banking plus portal quality

      November 24, 2026

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      wp-admin - November 24, 2026 0