नारायण शर्मा/नवलपरासी, १३ साउन । भ्रस्टाचार र दलिय आचरण बिपरित काम गरेको आरोप लागेका पश्चिम नवलपरासी अन्तरगत पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन बनेको छ ।

गाउपालिका अध्यक्ष बैजु गुप्ताले भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाएको छ । गुप्ता ०७४ र ०७९ सालको निर्वाचनमा माओवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित फातुमा खातुन अन्सारीले दलिय आचरण अनुसार काम नगरेको आरोपमा निर्वाचन आयोगले पदमुक्त गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष रहेका बैजु प्रसाद गुप्ताविरूद्ध गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको भन्दै गत असार २२ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको पद स्वत निलम्बनमा परेर रिक्त रहेको हो ।

नेपाली कांग्रेसवाट बिजयी भएकी गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले गत संसदिय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन रास्वपाका उम्मेदवारलाई सघाएको आरोपमा पनि निर्वाचन आयोगले पदमुक्त गरिदिएको छ । अन्सारीलाई हटाउन नेपाली कांग्रेस पश्चिम नवलपरासीले निर्वाचन आयोगमा पार्टी हित बिपरित काम गरेको भनेर पदमुक्त गर्न पत्राचार गरेको थियो ।

फातुमा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउपालिका उपाध्यक्षमा उम्मेदवार बनेर विजयी भएकी थिइन्। । पार्टीको सिफारिसको आधारमा निर्वाचन आयोग केन्द्रले गत असार ९ गते सूचना निकालेर फातुमालाई पदमुक्त गरेको थियो ।

०७४ र ०७९ सालमा तत्कालिन माओवादी पार्टीवाट गाउपालिका अध्यक्षमा निर्वाचित भएका ब्यक्ति हुन । गुप्ताविरुद्ध अख्तियारले ३ करोड ४५ लाख रुपैया भ्रष्टाचार गरेको भन्दै सोही बराबरको रकम बिगो माग दाबी गरेको छ । २०७४ सालमा समेत गाउपालिका अध्यक्ष निर्वाचित भएका गुप्ताले गैर कानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य र नातेदारको नाममा लुकाएको अख्तियारको आरोप छ।

कुल ६ करोड ९७ लाख रुपैयाँ सम्पत्ति जोडेका गुप्ताले ३ करोड ५१ लाख रुपैयाँ मात्रै वैध रूपमा आम्दानी गरेको अख्तियारको दाबी छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यपालिका बैठकबाट कार्यवाहक अध्यक्ष तोकेर काम चलाइने टेलिफोनमा जानकारी दिए ।

कार्यपालिका बैठक बोलाएर सदस्यहरूलाई कार्यवाहक अध्यक्ष तोक्न सकिने कानुनी व्यवस्थाबारे बुझाउनुपर्ने छ त्यसपछि सदस्यहरूको राय अनुसार कार्यवाहक अध्यक्ष को बन्ने भन्ने निर्णय होला,’ केसीले भने अध्यक्ष र उपाध्यक्ष दुवै नभएपछि गाउपालिकाको योजना छनौट, बजेट खर्च लगायतका काममा केहि अफठयारो भएको छ । पाल्हीनन्दन गाउँपालिका सिमावर्ति गाउपालिका हो ।

०७९ सालको स्थानिय तहको निर्वाचनमा यहाका ६ वटा वडामा ३ वटा वडामा माओवादी , दुई वटामा नेपाली कांग्रेस र एउटा वडामा लोसपा पार्टीले निर्वाचन जितेको थियो । पश्चिम नवलपरासीमा ७ वटा स्थानिय तह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0