
काठमाडौं, ८ साउन। नेपाली बजारमा साउन ८ गते शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ४ हजार ३५० रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























