Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर headline main लागत बढेपछि चपेटामा किसान

लागत बढेपछि चपेटामा किसान

द्वारा
अनलाइन अन्नपूर्ण
-
65
Facebook
X
Pinterest
WhatsApp

    बरहथवा (सर्लाही), १ साउन। बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त हुनुहुन्छ । बिहीबार खेतमा भटिनुभएका उहाँ १५ कट्ठामा धान रोप्ने तयारीमा हुनुुहुन्छ । समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उहाँले सुनाउनुभयो । नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन । अघिल्ला वर्षहरूमा उहाँले असारको २५ गतेभित्रै धान रोपिसक्नुहुन्थ्यो । यस वर्ष धानको बीउ राख्न ढिलाइ भएका कारण रोपाइँ ढिला भयो ।

    समयमै रोपाइँ गर्न नसक्दा उत्पादन घट्ने र भित्र्याउने समयमा पनि मौसमले दुःख दिने उहाँलाई चिन्ता छ । अर्कातर्फ खेत जोताउन लागेको लागतले उहाँलाई चिन्तितः बनाएको छ । उहाँले भन्नुभयो, “लागत निकै बढेका कारण खेती गर्न नसक्ने अवस्था सृजना भएको छ ।” गत वर्ष प्रतिघण्टा रु दुई हजारमा ट्याक्टरले खेत जोत्थ्यो । यस वर्ष भाडा बढेर प्रतिघण्टा दुई हजार ५०० पुगेको छ । सुक्खा खेत जोतेको प्रतिघण्टा रु एक हजार ४०० देखि एक हजार ६०० बाट बढेर रु दुई हजार २०० बराबर पुगेको छ ।
    इन्धनको मूल्य बढेको भन्दै मकैखेतीको समयदेखि नै ट्याक्टर धनीले भाडा बढाएको कृषक महतोले सुनाउनुभयो । आधारबिना नै मूल्यवृद्धि गरिएकामा उहाँलाई पटक्कै चित्त बुझेको छैन । “हरेक चिजको मूल्य त्यसको लागतका आधारमा हुनुपर्ने हो, यहाँ हचुवामा भाडा बढाइन्छ”, उहाँले गुनासो गर्नुभयो । कृषि क्षेत्रमा भएका यस्ता गलत अभ्यासको नियमन गर्ने निकाय नभएको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटा बताउनुहुन्छ । लागत र उत्पादन दुवैको मूल्य निर्धारण गर्ने अधिकार किसानसँग नहुनु दुःखद् भएको उहाँको गुनासो छ । मलखादको अवस्था उस्तै छ ।
    “राज्यले दिएको अनुदानमा समेत व्यापारीले आफूखुसी मूल्य तोक्ने र किसानको ढाड सेक्ने गर्छन्”, सापकोटाले भन्नुभयो, ‘‘जिल्ला दररेटअनुसार कृषि मजदुरको लागि आठ घण्टा काम गरेको रु ५५० ज्याला तोकिएको छ । तर यहाँ तोकिएभन्दा बढी लिइन्छ ।” पछिल्ला केही वर्षदेखि खेत जोत्न र कृषि सामग्री ढुवानीको एकमात्र विकल्प ट्याक्टर बनेको छ । तर, यसको लागत मूल्य व्यवस्थापनमा कुनै निकायले ध्यान दिएको छैन । सोही कारण किसान सबैभन्दा ठूलो मर्कामा पर्दै आएको हरिवन नगरपालिका–५ का किसान सजनीकुमारी स्याङ्तानको गुनासो छ ।
    ट्याक्टर धनीले समेत थोरै समयमा धेरै कमाउने लालासाका कारण किसानको उत्पादनमा अत्यधिक लागत बढेको उहाँको दाबी छ । खेत जोत्न र कृषि उपज ढुवानीमा प्रयोग हुँदै आएको ट्याक्टरको लागत मूल्य निर्धारण गर्ने वा नियमन गर्ने अभ्यास अहिलेसम्म नभएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको भनाइ छ । यसको क्षेत्राधिकार पालिकाको भए पनि अभ्यास अहिलेसम्म नभएकाले किसानलाई समस्या परेको उहाँको कथन छ । पालिकाका केही साना किसानले खेत जोताइ तथा कृषि सामग्री ढुवानी लागत मनलाग्दी भएको भन्दै पालिकामा गुनासो गरेको उहाँले सुनाउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला दररेट निर्धारण समितिले हरेक वर्ष लागतका आधारमा खरिद मूल्य तय गर्ने गरेको छ । हरेक वर्ष तय भएको दररेट एक आर्थिक वर्षका लागि मान्य हुन्छ । जिल्लाभरि कायम हुन्छ । निर्धारण भएको दररेटमा कृषि मजदुरको ज्यालामात्र उल्लेख हुने गरेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो । आगामी वर्षको जिल्ला दररेट तय गर्दा भने यस विषयमा छलफल गरिने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय सरकारसँग किसानका समस्या समाधानको लागि ऐन बनाउने र कार्यान्वयन गर्ने अधिकार भएकाले पहिलो दायित्व पनि उनीहरूकै भएको तथ्य स्मरण गराउनुभयो ।
    पालिकाले ट्याक्टर धनीसँगको छलफलबाट उचित लागत मूल्य तय गर्नुपर्ने उहाँको कथन छ । सर्लाहीमा २० वटा स्थानीय तह छन् । यहाँ कुनै पनि पालिकामा कृषि उपकरणको प्रयोग र त्यसको लागत मूल्यको विषयमा ऐन वा कार्यविधि निर्माण भएको छैन । व्यवसायिक रूपमा खेत जोत्ने तथा ढुवानी गर्ने उपकरण सञ्चालकले आफूखुसी मूल्य निर्धारण गर्ने र किसानसँग पैसा लिने गरेको साना किसानको गुनासो छ । यो गुनासो सम्बोधन गर्न स्थानीय सरकार थप सक्रिय हुनुपर्ने आवश्यकता छ ।
    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमादेशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
      अर्को लेखमारसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      सिफारिस

      Casinoformat och spelupplägg: en guide för spelare

      November 24, 2026

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      November 24, 2026

      Каким занятием увлечься вечерком по окончании рабочего дня

      November 24, 2026

      Каким делом заняться ввечеру по завершении рабочего дня

      November 24, 2026

      Casino web-based: how toward assess games, banking plus portal quality

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Casinoformat och spelupplägg: en guide för spelare

      wp-admin - November 24, 2026 0