काठमाडौं, १६ चैत । साताको शेयर काराेबार हुने दोस्रो दिन साेमबार पनि नेपाली शेयर बजारमा गिरावट भएकाे छ । काराेबार रकममा पनि कमि भएकाे नेप्सेले जनाएकाे छ ।

यसदिन नेप्से परिसूचकमा भारि घटेर बन्द भएको छ। आइतबार पनि परिसूचक घटेर बन्द भएको नेप्सेमा साेहि क्रमले निरन्तरता लिएकाे छ ।

नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.२० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले घटेको छ।

साेमबार काराेबार रकमा पनि गिरावट भएकाे छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँबराबरको काराेबार भएकाेमा यसदिन ३४१ वटा कम्पनीकाे १ लाख ५९ हजार ३२८ पटकको कारोबार हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएकाे नेप्सेले जनाएकाे छ।

६ स्टकहरु रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावरको शेयरमूल्य ७.७९ प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा रिडी हाइड्रोपावर सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकाे भएको छ। ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको करिब ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको साढे ३८ करोड बढीकाे काराेबार भएकाे भएकाे छ।

१३ वटै उपसमूहहरुमा राताे लागेकाे छ। व्यापार उपसमूहको परिसूचक २.५६ प्रतिशत, वित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशत बढी घटेको छ । बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानीजीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत बढी घटेको नेप्सेले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0