
नारायण शर्मा/नवलपरासी, २० माघ । प्रधानमनत्री शुशिला कार्कीले फागुन २१ को निर्वाचनमा हिमाली जिल्लामा अत्यधिक चिसो बढयो भने दोश्रो चरणमा निर्वाचन गरिने बताएकी छन्। अहिले मेरो सारा ध्यान निर्वाचनमा मात्र केन्द्रीत छ निर्वाचन शान्तिपुर्ण र उत्साहजनकरुपमा हुँदैछ त्यो सबैलाई थाहा छदैछ ।
हिमाली जिल्लामा हिमपातको अबस्था भैदियो भने के हुन्छ भनेर साेधिएकाे प्रश्नको जवाफ दिदै प्रधानमन्त्री कार्किले भनिन् त्यस्तो अबस्था आइलागे हिमाली क्षेत्रमा दोश्रो चरणमा निर्वाचन हुन्छ । त्यस्तो गर्न परे कति दिनको अन्तरालमा हुन्छ भन्ने उनले खुलाइनन्।
हिमालका जिल्लामा गाडि आउजाउ गर्ने ठाउँमा गाडि प्रयोग गरेर मतदाता ओसारेर भएपनि निर्वाचनमा मतदातालाई सहयोग गर्ने सोचाइमा सरकार रहेको उनले स्पष्ट पारिन्। ठयाक्कै चिसोले सक्दै नसक्ने अबस्था आइहाल्यो भने दोश्रो चरणमा हुन्छ उनले भनिन्।
पूर्वी नवलपरासीकाे हात्तिखोर स्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल ( एनसिसि) द्धारा आयोजित बिद्यार्थीहरुको तालिम समापन समारोहमा आएकी प्रधानमन्त्री कार्कीले त्यस्तो बताएकी हुन्।
हेर्नुस् यो निर्वाचन बिषेश परिस्थितीमा हुँदैछ । यो निर्वाचनमा करिब ३०, ३२ अर्ब खर्च हुन्छ उनले भनिन् त्यसैले देशमा स्थायित्व र शान्ति कायम गर्न यो निर्वाचन कोषेढुंगा हुने छ । प्रधानमन्त्री कार्कीले आफुलाई आजसम्म कोहि कसैले निर्वाचन सार्ने बारेमा कुरा समेत नगरेको स्पष्ट पारिन्। कसैले सार्न भनेको पनि छैन । कसैले भनेर पनि अब निर्वाचन सर्दैसर्दैन, निर्वाचन तोकिएकै समयमा हुन्छ ।
यो पाइन त्यो पाइन भन्नेहरुले पनि निर्वाचनमा भाग लिन पाएका छन् । कार्किले भनिन् सबैले निर्वाचनमा भाग लिने र जनताले बिश्वास गरे भने पाउने अबस्था छ । त्यसैले यो निर्वाचनमा सबैको शान्तिपुर्ण र उत्साहजनक सहभागिताका लागि आब्हान पनि गर्दछु प्रधानमन्त्री कार्किले भनिन्।
हेलिकप्टरवाट आएकी प्रधानमन्त्री आजै काठमाडौं फर्किएकी छन् ।
























