
पोखरा, १७ माघ । दोलखाबाट पोखरामा आएर विभिन्न पेशा, व्यवसायमा आवद्ध रहेका दोलाखालीहरुको साझा संस्था दोलखा पोखरा मिलन समाजले शनिबार भेटघाट तथा रमाइलो पारिवारिक वनभोज सम्पन्न गरेको छ ।
समाज स्थापनाको २५ औं वर्ष गाँठको अवसरमा विभिन्न कार्यक्रहरु तय गर्ने सोंच बनाएको अध्यक्ष धन बहादुर खड्काले बताए । उनले भने, २५ वर्ष औं गाँठ फरक किसिमको र भव्य हुने, छरिएर रहेका दोलखालीहरुलाई समाजमा मिलन गराउने लक्ष्य रहेको बताए ।
लेखनाथको गुदेतालको सिरानमा आयोजना गरिएको कार्यक्रममा समितिमा खाल्टेमसिना कलस्टरबाट सुमन मगरलाई मनोनित गरिएको थियो । अध्यक्ष खड्काले समाजमा साधारण तथा आजिवन सदस्यका लागि आवेदन खुला गरिएको सो अवसरमा जानकारी दिए ।
समाज भनेको परेको बेलामा चाहिन्छ । एकतामा, सम्पर्कमा रहनु सबैभन्दा राम्रो पक्ष भएकोले नजिकमा कोहि हुनुहुन्छ भने समाजमा आउन अनुराेध गरे । कार्यक्रममा विशेष सहयाेग बाम्बाे क्याटरिङले सौजन्य गरेको समाजले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष धन बहादुर खड्का, उपाध्याक्ष कमल बहादुर बस्नेत, सचिव रामजी भण्डारी, कोषाध्यक्ष महेन्द्र जिरेल, सदस्यहरु ः गीता श्रेष्ठ, दान बहादुर थापा, अम्बिका भण्डारी, देव श्रेष्ठ, शम्भु भण्डारी, सुलोचना कार्की र नयाँ मनोनित सदस्य सुमन मगर, पर्व अध्यक्ष पेमडाेमा शेर्पा, विभिन्न पेशा, व्यवसायमा संलग्न भएकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समाजकाे पोखराको अमरसिंहमा कार्यालय स्थापना गरिएकाे छ र त्यहींबाट आफ्ना संस्थागत कार्यहरु गर्दै आएको छ । समाजले स्थापना कालदेखि नै दोलखाबासीहरूबीच आपसी सहयोगलाई सुदृढ बनाउँदै सामाजिक र सेवाका कार्यमा निरन्तर लाग्दै आएको बताएकाे छ ।
पोखरा महानगरपालिकाभित्र नगर सौन्दर्यकरण अन्तर्गत शहीद चोकदेखि मुस्ताङ चोकसम्मको सडकबीचका वृक्षहरूमा रातो–सेतो रंगरोगन, सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम, मन्दिर, मस्जिद तथा चर्चको सरसफाई, दानपेटिका स्थापना, नहर तथा कुलोको सरसफाई लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा सरिक भईरहेको खड्काले बताए ।
दोलखाबासीहरूलाई एउटै साझा मञ्चमा एकताबद्ध गर्दै सामाजिक सद्भाव, सेवा र सहयोगको भावनालाई निरन्तर रूपमा अघि बढेकाे साे अवसरमा बताइएकाे थियाे ।


























