काठमाडौं, १२ असार । साताको शेयर काराेबार हुने अन्तिम बिहिबार नेप्सेमा सामान्य गिरावट भएकाे छ । लगातार दुई कारोबारका दिनहरुमा २६ सय विन्दुमा स्थिर रहेकाे कारोबार यसदिन घटेर २६ सयकाे विन्दु तल झरेको छ ।

नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा झरेको हाे। सेन्सेटिभ इण्डेक्स १.२१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.३८ अंकले घटेकाे छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ।

यसदिन नेप्से परिसूचक घटेकाे भएपनि कारोबार रकममा केहि बृद्धि भएकाे छ। बुधबार करिब ६ अर्बको शेयर काराेबार भएकाेमा बिहिबार पाैने ८ अर्बकाे काराेबार भएकाे छ । ३०६ वटा कम्पनीहरुकाे ७४ हजार २३९ पटकको कारोबार हुँदा रुपैयाँ ७ अर्ब ७८ करोड २ लाख ४२ हजार बराबरको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।

सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.१८ प्रतिशतले बढेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतले, बरुण हाइड्रोपावरको ९ प्रतिशतले बढेको छ। रिलायबल समृद्धि योजनाको इकाईमूल्य ९.३० प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा बुटवल पावर कम्पनी अगाडी रहेकाे छ। कम्पनीको रुपैयाँ ६२ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको रुपैयाँ ३९ करोड र ङादी ग्रुप पावरको रुपैयाँ ३२ करोड बराबरकाे काराेबार भएकाे छ।

१३ उपसमूहहरुमध्ये ४ वटामा हरियाे लागेकाे छ । बाँकी रहेका ९ वटामा हरियाे लागेकाे छ । विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.८७ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0