
नारायण शर्मा/नवलपरासी, १ चैत । नवलपरासी पश्चिममा १६ बिगाहमा खेति किसानी गर्दै आएकी ४० वर्षिया रिंगला यादब एमालेको समानुपातिक लिष्टवाट प्रतिनिधि सभा सदस्यमा चुनिएकी छन्।
उनि मधेशि महिला क्लस्टरवाटवाट सांसद चुनिएकी हुन्। एमालेले उनको नाम मधेशी महिला क्लस्टरको एक नम्बरमा राखेको थियो ।
आफनो र भाडामा लिएको समेत गरेर १६ बिगाह जग्गामा खेतीपाती गर्दै आएकी एमाले नेतृ रिंगला यादब एकाएक प्रतिनिधि सभा सदस्यमा चुनिएपछि उनको चर्चा चुलिएको छ ।
मैले करिब १६ बिगाह जग्गामा धान गहुँको खेती किसानी गर्दै आएकी छु र २५ मजदुर राखेर नेपाल गार्मेन्ट प्रालि पनि चलाउदै आएकी छु रिंगलाले भनिन्, ‘म त्यतिमा मात्र सिमित छैन राजनिति मार्फत समाजमा जोडिएकी छु । त्यसै कारण एमाले पार्टीले मलाई पहिलो नम्बरमा राखेर सांसद बनयो, उनले गर्व गर्दै भनिन, राजनितिमा निरन्तरताका कारण मैले अबसर पाएँ ।’
खेती किसानी र गार्मेन्टस उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब ७० जनालाई उनले रोजगारी दिएकी छन्।
लगातार २२ वर्षदेखि एमालेपार्टीवाट राजनितिमा सकृय रहकी छु यादबले भनिन पार्टीले जुन जुन जिम्मेवारी दिदै आएको छु त्यसमा इमान्दार पूर्वक सकृय रहेकी छु ।
उनि पार्टी भित्रकै बिभिन्न लडाइमा खारिएकी महिला नेतृ हुन । प्रस्ट बक्ता र हक्कि स्वभाव अनि राजनिति र समाजसेवामा निरन्तरता उनको खास बिषेशता हो ।
२०७० सालमा नवलपरासी जिल्ला एउटै रहेको अबस्थामा क्षेत्र नम्बर ६ मा एमालेवाट संबिधान सभा सदस्यको उम्मेदवार बनेर पराजित भएकी हुन्।
त्यतिखरको सांसदमा पराजित यादब गत २०७९ सालको स्थानिय तहको निर्वाचनमा पाल्हि नन्गदन गाउपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएकी थिइन्। उनले उपाध्यक्षमा उम्मेदवार बन्दा जम्मा २ हजार मत ल्याएर पराजय भोगेकी थिइन्। पराजय भोगेपनि उनले राजनितिमा गति बढाउदै लगेको देखिन्छ ।
संबिधान सभा सदस्य ( पश्चिम नवलपरासी क्षेत्र नम्बर ६ वाट ) पराजित भएपछि फेरी तल झरेर गाउपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेको भनेर पार्टी भित्र उनको आलोचना भएको थियो ।
मैले पार्टीले सुम्पीएको ठाउमा काम गरे हार मानिन अहिले सांसदमा चुनिए यादबले भनिन यो मेरो निरन्तरता र पार्टीका नेताहरुको मुल्यांकनको फल हो ।
बिद्यार्थी कालमै अनेरास्वबियूको केन्द्रीय सदस्यमा रहेर ०६२ सालमा राजनितिमा होमिएकी हुन्। २०६५ सालमा परासि स्थित पाल्ही बहुमुखि क्याम्पसमा स्वबियू उपाध्यक्षमा उम्मेदवार रहदा ६ मतले पराजित भएकी थिइन । त्यस पछि अनेरास्वबियूको केन्द्रीय सदस्यमा निर्वाचित भएर पार्टीमा काम गरेकी थिइन्।
यादबले दुई पटकका निर्वाचनमा पराजय भोगेपनि तेश्रो पटकमा पार्टी भित्र बिजय प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा चुनिन सफल भएकी छन्।
एमालेको पार्टी राजनितिमा लगातार तेश्रो पटक सम्म एमाले जिल्ला कमिटि सदस्य रहेकी यादब हाल एमाले जिल्ला कमिटिको उपसचिवको जिम्मेवारीमा रहेकी छन्।
हाल पार्टी उपसचिवको दोश्रो कार्यकालमा कार्यरत छन । उनि हाल नेकपा एमाले पश्चिम नवलपरासीमा महिला फांटको जिल्ला इन्चार्ज समेत हुन्।
उनको माइति रामग्राम नगरपालिकाको शुक्रौली गाउँ हो । पाल्कीनन्दन गाउपालिका वडा नम्बर ६ सनहि नन्दन ताल निवासी यादब ४० वर्षकी हुन्।
श्रीमान खेती किसानी गर्छन उनले खेतिपातीका अतिरिक्त भैसिपालनको काम समेत गर्छन्। श्रीमान र आफनी सासुको सहयोग र प्रेरणावाट राजनितिमा आएको यादबले सुनाइन्।
यस पटक उनलाई समानुपातिक तर्फ नाम राख्नमा एमाले जिल्ला नेतृत्व र खासगरि एमाले पूर्व पोलिटब्यूरो सदस्य बैजनाथ चौधरीको बिषेश सहयोग रहेको एमाले बृत्तमा चर्चा छ।
























