काठमाडौं, ४ माघ । साताको शेयर काराेबार हुने पहिलो दिन आइतबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसदिन नेप्से अघिल्लाे काराेबारकाेभन्दा १.७४ अंकले बढिले बढेकाे हाे ।

नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ४.७० अंकले बढेको छ । फ्लोट इण्डेक्स २.४१ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंकले बढेको नेप्सेले जनाएकाे छ।

यसदिन नेप्सेका साथसाथै कारोबार रकममा पनि बृद्धि भएकाे छ । आज ३३८ कम्पनीहरुकाे ९५ हजार ४४५ पटकको कारोबार हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर काराेबार भएकाे छ।

४ वटा स्टक सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ। थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ८.७८ प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा मञ्जुश्री फाइनान्स अगाडी रहेकाे छ। फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर काराेबार भएकाे छ। एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । श्रीेनगर एग्रीटेकको २८ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाे लागेकाे छ। उनीहरुमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्सदा बढी ५.७३ प्रतिशतले बढेको छ। विकास बैंक उपसमूहको ३ प्रतिशतले र होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशत बढी बढेको नेप्सेले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0