काठमाडौं, २४ मङ्सिर । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्सेमा मंगलबार सामान्य अंककाे बृद्धि भएकाे थियो। अघिल्लाे दिनकाे लयलाई पछ्याउन नसक्दा यसदिन नेप्सेमा गिरावट भएकाे छ ।

नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.५३ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ।

बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयरकाे काराेबार भएकाेमा यसदिन ३२९ कम्पनीहरुकाे ९१ हजार ३९४ पटक शेयर कारोबार हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएकाे छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लागेकाे छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेकाे छ। झापा इनर्जीको शेयरमूल्य ९.३० प्रतिशतले घटेको छ।

कारोबार रकमकाे आधारमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्षअगाडी रहेकाे छ। कम्पनीको २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको १७ करोड रुपैयाँभन्दा बढीको र युनिभर्सल पावर कम्पनीको साढे ११ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।

१३ उपसमूहहरमध्ये २ वटामा हरियाे लागेकाे छ । बाँकी ११ वटै उपसमूहहरुमा राताे लागेकाे छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0