पोखरा, २३ मंसिर । काेईराला परिवारद्वारा वाराही मा.वि.मा ई. लाईब्रेरी स्थापनार्थ ५ लाख ५५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थी एवं शुभेच्छुक हाल अमेरिका निवासी राजेन्द्र कोईरालाद्वारा प्रदान गरिएको रकम दाजु ई.शिव प्रसाद कोईरालामार्फत हस्तान्तरण गरिएको हो । समारोहमा भावना कोईराला र सिरिन कोईरालाको सहभागिता थियो ।

सो अवसरमा कोईरालाले सहयोग निरन्तर जारि रहने प्रतिवद्धता व्यक्त गरे । उनीहरुलाई प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद वराल, समाजसेवी, शिक्षासेवी पुरुषोत्तम पराजुली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज कोइरालाले अबिर, खादा र टोपी लगाएर सम्मान गरेका थिए ।

कार्यक्रका बारेमा विद्यालयका प्रधानाध्यापक एवं सदस्य सचिव शिव प्रसाद भण्डारीले पारिवारीक चिनारी प्रस्तुत गरेका थिए ।
समाजसेवी पुरुषोत्तम पराजुली तथा सहयोग दाता परिवकारको तर्फबाट ई.शिव प्रसाद कोईरालाले शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा जनप्रतिनिधि मणिराम वराल, गोविन्द पराजुली, कल्पना भुवाजु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहायक प्रधानाध्यापक तुलसी प्रसाद भण्डारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज कोईरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0