
काठमाडौं, २२ मंसिर । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ। चाँदीकाे भाउ बढेको छ । सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ घटेको छ । चाँदी भने तोलामा १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । साेमबार, सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज बजारमा चाँदी तोलाको तीन हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार बजारमा चाँदी प्रतितोला तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























