पोखरा, २२ मंसिर । ‘मर्यादित शैक्षिक वातावरणमा कन्यालाई स्तरिय उच्च शिक्षा’ लाई मूल मन्त्र बनाएर स्थापना भएको पोखरा महानगरपािलका वडा नं ३ नदीपुरमा रहेको गण्डकी प्रदेशको एक मात्र कन्याका लागि पढाई हुने क्याम्पस कन्या क्याम्पस ३५ औं वर्षमा प्रवेश गरेको छ ।

सोमबार आयोजित ३४ औं वार्षिकोत्सव कार्यक्रममा शैक्षिक उन्नयनका लागि चिन्तन, विभिन्न पुरस्कार तथा छात्रबृत्ति वितरण, वार्षिक प्रतिवेदन प्रस्तुति, आगामी कार्ययोजना र कन्याहरुको सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुलाई व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लले स्वागत गर्दै सरकार, समुदाय र अभिभावकले छोरीहरुको शिक्षाका लागि विशेष चासो दिनुपर्ने बताए ।

अध्यक्ष मल्लले ११, १२ पास गरेपछि विदेशीने क्रम बढेको छ । नवजवानहरु विदेशीने यो क्रमले यहाँका क्याम्पसहरुमा विद्यार्थीको कमि भईरहेकोले देशलाई चाहिने जनशक्ति बाहिरिनु उचित नभएकोले उनीहरुलाई यहीं बस्ने वातावरण बनाउन अति आवश्यक भईसकेको बताए ।

कन्या क्याम्पसले छोरीहरुको उच्च शिक्षा र उनीहरुलाई यहीं बसेर काम गर्नका लागि सेतुको काम गरिरहेको बताए । हामीले सिपमूलक तथा प्रविधियुक्त शिक्षा र तालिमहरुलाई जोड एिका छौंं । उनले भने, यसपालि हामीले मन्टेसरी तालिमको आयोजना गर्यौं । जो फलदायी पनि भयो । अहिले तालिम लिएका ११ जनाले राम्रो सुविधासहित काम गरिरहेका छन् । टियुसंग बीबीएको पढाई संचालनका लागि पहल भईरहेको र छिट्टै अष्ट्रेलियाको एक कलेजसंग शैक्षिक आदान प्रदानका लागि सम्झौता हुने तयारी भएकाे बताए ।

क्याम्पस प्रमुख सुरेश मानन्धरले आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन पेश गर्दै ३४ वर्ष अगाडी स्थापना भएको कलेज निरन्तर छोरीहरुको शिक्षाका लागि लागिपरेको प्रदेशको एक मात्र क्याम्पस भएकोले सरकार, सुमदाय र अभिभावकबाट सकारात्मक हातेमालो आवश्यक भएको बताए ।

विश्व विद्यालय अनुदान आयोगबाट २०७८ सालमा क्युएए प्राप्त गरेको कलेजको सो प्रक्रिया नविकरणको लागि कार्य गर्नुपर्ने, आयोगबाट यसपटक ५४ लाख बढी अनुदान प्राप्त भएको बताए । छात्रबृत्ति कोषका लागि १ करोड जम्मा भईसकेको र यसवर्ष ५ लाख जम्मा भएको उनले जानकारी दिए ।

क्याम्पसबाट सप्ताहव्यापी खेलकुदका कार्यक्रम, हाजिरिजवाफ, निवन्ध लेखन प्रतियोगिता, छात्रा भलिवलमा सहभागिता, प्रजनन् स्वास्थ्यका बारेमा अभिमुखिकरण, रक्तदान कार्यक्रम लगायतका कार्य गरिएको मानन्धरले बताए । उनले गत आर्थिक वर्ष कुल चार करोड उनान्सय लाखको वासलात रहेकोमा २ करोड ७१ लाख खर्च भएको बताए । साथै उनले यसवर्ष ४ लाख बढी आम्दानी भएको बताए ।

आगामी वर्षमा गर्ने कार्यहरुको जानकारी गराउँदै उनले प्राविधिक शिक्षामा जोड दिए । बीबीए, बीआई सम्वन्धनका कार्य गर्ने, सरस्वतीको मन्दिर निर्माण गर्ने, विद्यार्थीको बृद्धिमा ध्यान दिने, व्यावसायीक शिक्षाका तालिमहरु संचालन, अनुसन्धान, इलाईब्रेरीको स्थापना लगायतका कार्य गर्ने योजना रहेको बताए ।

क्याम्पस प्रमुख मानन्धरले कन्याको पढाई हुने क्याम्पसका लागि गण्डकी प्रदेश सरकारले सकारात्मक पहल गर्न जरुरी भएको कुरामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङको ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रमसख अतिथि गुरुङले कक्षा १२ की सुप्रिया गुरुङ, रोज वराल, आरती राई रीकि गुरुङ, जुना गुरुङ र स्मिता सापकोटालाई सम्मान गरे । साथै २० वर्ष सेवा गरेका क्याम्पस प्रमुख सुरेश मानन्धर र उपप्राध्ध्यापक दुर्गाराज रेग्मीलाई सम्मान गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षता भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख चित्र श्रेष्ठले संचालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0