
काठमाडौं, १२ मंसिर । साताको सुनचाँदीकाे काराेबार हुने अन्तिम दिन शुक्रबार आज नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ प्रतितोलाकाे २ लाख ५० हजार ६०० रुपैयाँ रहेकाे बताएकाे छ । बिहिबार छापावाल सुन ताेलाकाे २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुन ताेलाकाे २ लाख ४८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे । मंगलबार ताेलाकाे २ लाख ४७ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियो ।
सोमबार छापावाल सुन ताेलाकाे २ लाख ४२ हजार ७०० रुपैयाँमा काराेबार भएकाेमा पहिलो दिन आइतबार सुन ताेलाकाे २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























