
काठमाडौं, १२ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सयले घटेको जनाएको छ । चाँदीको मूल्य आईतबारकै कायम गरिएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सेतो धातु चाँदीको मूल्य आज स्थिर रहेर कारोबार भईरहेको छ । चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी तोलाको २ हजार ५ रुपैयाँमा नै कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















