
काठमाडौं ४ मङ्सिर । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे गिरावट भएकाे छ । नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको हाे।
नेप्से परिसूचक ०.७९ अंकले घटेर २५६०.२९ विन्दुमा रहेकाे छ। सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.१८ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंकले घटेको छ।
कारोबार रकमा केहि बृद्धि भएकाे छ। हिजाे ३ अर्ब ७७ करोड रुपैयाँबराबरको काराेबार भएको थियाे । आज ३२८ कम्पनीहरुकाे ६६ हजार ७९ पटकको कारोबारबाट ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच भएकाे छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ। बुङ्गल हाइड्रोको शेयरमूल्य ९.०५ प्रतिशत घटेको छ।
कारोबारकाे आधारमा साहस उर्जा अगाडी रहेको छ। कम्पनीको ४१ करोड ८० लाख रुपैयाँबराबरको काराेबार भएकाे छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे १२ करोड रुपैयाँकेा काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये ६ उपसमूहहरुमा हरियाे लागेकाे छ । ७ उपसमूहहरुमा राताे लागेकाे छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक केहि बढेकाे छ।























