
काठमाडौं, २७ कात्तिक । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । बुधबार गिरावट भएर बन्द भएकाे शेयर बजारमा यसदिन देखिएकाे सकारात्मक लयले लगानीकर्ताहरुकाे मनाेवल बढाएकाे छ ।
नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.१५ अंक घटेको छ । फ्लोट इण्डेक्स ०.०१ अंकले तथार सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ।
बिहिबार कारोबार रकम घटेको छ। बुधबार ३ अर्ब ८४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा बिहिबार ३२९ कम्पनीहरकाे ५० हजार ६२१ पटक कारोबार हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँबराबरको ७६ लाख ५ हजार कित्ता शेयर किनबेच भएकाे छ।
माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । रु रु जलविद्युत परियोजनाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४.८२ प्रतिशत घटेको छ।
कारोबारकाे आधारमा हिमालयन पावर पार्टनर शीर्ष अगाडी रहेकाे छ। कम्पनीको १६ करोड ८० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको करिब १४ करोड रुपैयाँबराबरको काराेबार भएकाे छ । यूनियन हाइड्रोपावरको १३ करोड रुपैयाँकाे काराेबार भएकाे छ।
१३ उपसमूहहरुमध्ये ७ वटामा हरियाे लागेकाे छ । बाँकी रहेका ६ वटा उपसमूहहरुमा राताे लागेकाे छ । बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य रुपले बढेकाे नेप्सेले जनाएकाे छ ।























