पोखरा, १० कार्तिक । लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले आज आयोजना गरेको रक्तदानमा ६६ युनिट रगत संकलन भएको छ ।

लगातार परेका चाडपर्व र बिदाको कारण पोखरामा भएको रगतको अभावलाई मध्येनजर गर्दै महेन्द्रपुलस्थित टेलिकमको अगाडी खुल्ला रक्तदान आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पिडिजि लायन राम बसेलले पहिलो रक्तदाता क्लवका पूर्व अध्यक्ष लायन दयाशंकर तौतमलाई ब्लड व्याग हस्तान्तरण गरी गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि बसेलले अफ्ठेरो परेको बेला वा अन्य समयमा जहिले पनि लायनहरु अग्रपंक्तिमा रहेर सामाजिक सेवामा दत्तचित्त भएर कार्य गरिरहेको बताए ।

बसेलले चाडबाडको बेलामा पोखरा रक्त संकलन पनि नभएको र रगतको अभाव भएकोले जोखिममा परेको कसैको जीवन बचाउन रगत नै अत्यावस्यक पदार्थ भएकोले कार्यक्रममा सरिक हुन पाउदा खुसी लागेको बताए । उनले पोखरामा रहेका अन्य लायन्स क्लवहरुलाई पनि यसतो पुनित कार्यमा सुरिक हुन आग्रह गरे ।

प्रादेशिक रक्त संचार सेवा केन्द्र पोखराका प्रमुख तथा कार्यक्रमकम संयोजक लायन अर्जुन ज्ञवालीले पोखरामा हाल भएको रगतको अभावलाई परिपुरण गर्नका लागि नियमित तथा युवा पुस्तालाई जागरुक हुन आग्रह गरे ।

डिस्ट्रिक ब्लड डोनेसन कोअर्डिनेटर दिल बहादुर थापाले सुखमा वा दुःखमा, आपतमा वा विपदमा लयान्स क्लवहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए । पोखरामा रगतको अभाव भईरहेको बेलामा सघाउन क्लवले कार्यक्रम आयोजना गुर्न सह्रायिन कार्य भएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष वासुदेव कोइराला, निवर्तमान अध्यक्ष सूर्य पोखरेल र पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति तथा रक्तदानसहितको सक्रिय सहभागिता रहेको थियो। त्यस्तै, रक्तदाता बोलाउने र सहभागिता सुनिश्चित गर्न विशेष पहल र योगदान ईन्द्रबहादुर थापा र पूर्व अध्यक्ष रुकबहादुर गुरुङले गरेका थिए । जसले कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाएको थियो।

रक्तदानका अभियन्ता तथा क्षत्री समाज नेपालका महासचिव कृष्णबहादुर थापा, आरदायूका हरिश्चन्द्र शर्मा, पत्रकार श्याम कुँवर, राजाराम पौडेल, आरजू विष्ट सल्यानी, तीर्थ केसी, रेडक्रसकर्मी र लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम क्लबका अध्यक्ष लायन नारायणबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव लायन दिपक कुमार गुरुङले गरेका थिए।

कार्यक्रम संयोजक अर्जुन ज्ञवालीद्वारा आभार प्रकट

यसैबीच संयोजक अर्जुन ज्ञवालीले एक सन्देश जारी गर्दै कार्यक्रम सफल र अर्थपूर्ण रक्तदान कार्यक्रमका संयोजकको नाताले, यस अभियानमा सहभागी भई सहयोग र्पुयाउनु हुने सम्पूर्ण रक्तदाताहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गरेकाे जानकारी गराएका छन् । उनले कार्यक्रमको प्रचार–प्रसारमा साथ र समर्थन दिनु भएका पत्रकार मित्रहरूलाई पनि हार्दिक आभार प्रकट गरेका छन् ।

उनकाे सन्देशमा, रगत संकलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुभएका लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका सम्पूर्ण सदस्यहरू, रक्त संचार सेवाका सहकर्मीहरू, स्वयंसेवकहरू र सरोकारवालाहरू सबैमा हृदयदेखि आभार व्यक्त गर्दछु, लेखिएकाे छ ।

विशेष गरी, संस्थापक अध्यक्ष वासुदेव कोइराला, निवर्तमान अध्यक्ष सूर्य पोखरेल, पूर्व अध्यक्षहरू, साथै ईन्द्रबहादुर थापा र पूर्व अध्यक्ष रुकबहादुर गुरुङको सक्रिय भूमिका र निरन्तर प्रोत्साहनका लागि विशेष धन्यवाद प्रकट गर्दछु। रगतदान जस्तो मानवताको सर्वोच्च सेवामा हातेमालो गर्नुहुने प्रत्येक दाताप्रति हार्दिक सम्मान र कृतज्ञता र तपाईंहरूको सानो सहयोगले कसैको जीवनमा उज्यालो ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0