
पोखरा कार्तिक २/ स्थानीय प्रशासनलाई सहयोग पु¥याउने र समुदाय पुनःस्थापनामा योगदान पु¥याउने उद्देश्यले, पायोनियर मोटो कर्प प्रा. लि अन्तरर्गतको निसान सर्भिसले सातदोबाटो ट्राफिक प्रहरीकार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ। विरोधका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप यो हस्तान्तरण गरिएको निसान सर्भिसले जनाएको छ ।
सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति अभार प्रकट गर्दै निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको दृढता र आपसी साझेदारीलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो ।
यस पहलमार्फत निसान सर्भिसले सामाजिक उत्तरदायित्व, सामुदायिक साझेदारी र नेपालको विकास तथा जनकल्याणमा सकारात्मक योगदान दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ निसान सर्भिसले उल्लेख गरेको छ ।
यस्तै पायोनियर मोटो कर्प प्रा. लि. नेपालका लागि निसानको आधिकारिक वितरक हो। कम्पनीले निसानका सम्पूर्ण मोडेलहरूका लागि बिक्री, सर्भिस र स्पेयर पाट्र्स सुविधाहरू प्रदान गर्दै आएको छ।निसान मोटर कम्पनी लिमिटेड, संक्षेपमा निसान, जापानको एक बहुराष्ट्रिय अटोमोबाइल निर्माता हो जसको मुख्यालय निशी–कु, योकोहामामा अवस्थित रहेको छ।























