
काठमाडौं, २ कार्तिक । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आईतबार आज बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ । याे दिन तिहारकाे पहिलाे दिन पनि हाे । आज घर घरमा कागकाे पूजा गरिएकाे छ ।
तिहारकाे पहिलाे दिन सुनको भाउ ताेलामा ४ हजार ८०० रुपैयाँले घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा ७५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा काराेबार भएकाे भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
