काठमाडौं, २२ असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन बुधबार नेपाली बजारमा सुनको भाउ भारि मात्रामा वृद्धि भएकाे छ । यसरी बढेकाे भाउले नयाँ रेकर्ड बनाएकाे छ । यसदिन सुन ताेलामा दुई हजार ६०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरुमा सुनको भाउले नयाँ रेकर्ड बनाइरहेकाे छ ।

चाँदीको भाउ रुपैयाँ ५ ले घटेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियाे । याे भाउ पनि हालसम्मकै धेरै हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0