काठमाडौं, ८ जेठ । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेको सकारात्मक माहोलले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.४० अंकले बढेर २६८८.९१ विन्दुमा रहेको छ । नेप्सेमा ०.७२ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ७.१९ अंकले बढेर ४५८.०४ विन्दुमा रहेको छ ।

यसदिन कुल ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयरको कारोबारबाट ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी न्याग्दी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६९ करोड १ लाख ७२ हजार ३२५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वाराही हाइड्रोपावर पव्लिक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0