
पोखरा, ९ भदौ । पोखराको चिप्लेढुंगाका रहेको सोपान ग्लोबल एजुकेशन कन्सल्टेन्सिले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष फोटो कन्टेष्ट, आँखा जाँच तथा बैंकिङ साक्षरता र सय प्रतिशत सिओई प्राप्त गरेका विद्यार्थीको खुसीयाली मनाउने कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा शाखाहरु रहेको सोपान ग्लोबल एजुकेशनले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सर्टिफाईड काउन्सिलरद्वारा परामर्स दिदैं आएको छ । विशेषतः जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि सोपानको ना अगाडी आउने गर्छ ।
शनिबार होटल पौवा लेकसाईडमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ, वरिष्ठ लोक गायीका हरिदेवी कोईरालाले विदेशमा अध्यन गरेको सिपलाई मातृभूमिको उन्नतीमा लगाउन सल्लाह दिईन् ।
चाहेर वा नचाहेर हामीलाई आर्थिक समस्याका कारण विदेश ताक्नुपर्ने वाध्यता नै भएको छ । उनले भनिन्, तपाँई विद्यार्थी भाईबहिनीहरु विदेश गएर त्यहाँ सिकेको सिप र अर्थलाई आफ्नै ठाउँमा आएर लगानी गर्न आग्रह गरिन् । हामी जहाँ गएपनि आफ्नो चालचलन, रितिरिवाज, संस्कार, संस्कृतिलाई भुल्न हुँदैन । बरु तिनिहरुको जगेर्ना गर्नका लागि सधैं लागिरहनुपर्छ उनले भनिन्।
सोपानका प्रमुख सूर्यमोहन आचार्यले सोपानले विद्यार्थीहरुको वैदेशिक अध्ययनको चाहनालाई सहि दिशा निर्देश गर्दै आएको र उनीहरुको भविष्यको उज्यालो यात्राका लागि सहायात्री बनेको बताए । सो अवसरमा उनले अध्ययनका साथसाथै आफ्नो कला, संस्कार, संस्कृति र पहिचानलाई पनि बचाउन, प्रवर्धन गर्न आवश्यक रहेको बताए ।
संस्कार, संस्कृति, चाडपर्व र आफ्नोपन नभए मानिस भईदैन । आचार्यले भने, हामीले अध्ययन संगसंगै सांस्कृतिक प्रवर्धन र फेलोसिपका कार्यक्रमहरुलाई निरन्तरता दिदैं जाने लग्क्ष्य राखेका छौं । यहि कारणले पनि हामीले राष्ट्रको धरोहर, सर्वमान्य श्रष्ठा, प्राज्ञ, लोक गायीका कोईराला ज्युलाई यो तीजको अवसरमा भेट्ने सौभाग्य जुराएका हौं ।
हामीले सामाजिक उत्तरदायित्वलाई पनि भुलेका छैनौं । सोहि कारण दृष्टि आँखा अस्पताल नयाँबजारको सहकार्यमा विद्यार्थीको आँखा जाँच गराएका छौं । यस्तै उनले अहिलेको डिजिटल युगमा प्रविधिमैत्री कार्यका लागि र बैंकका विविध पक्षहरुको जानकारीका दिनका लागि प्रभु बैंक बगर शाखा संगको सहकार्यमा बैंकिङ साक्षरता कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा तीज विशेष फोटो कन्टेष्टमा सहभागि भएका विद्यार्थी ३७ विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र तथा टप सेभेनलाई विविध उपाहासहित पुरस्कृत गरिएको थियो ।
फोटो कन्टेष्टमा अञ्जिता बोहोरा प्रथम, अप्सना परियार दितिय र अमृता भण्डारी तेश्रो भएकि थिईन । यस्तै टप सेभेनमा परेका सुमित्रा सुनार, कृति सुवेदी, समिता विश्वकर्मा र पूर्णिमा ढकालसहित सबैलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रभु बैंक बगरका शाखा प्रमुख सुनिता गुरुङ, कर्जा शाखा प्रमुख किरण महर्जनले बैंकिङ साक्षरतामा सहजिकरण गरेका थिए । दृशिष्ट आँखा अस्पतालकी प्रिन्सा वास्तोलाले आँखाको जाँच गरेकी थिईन् ।
दृष्टि अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखा संवेदनशिल अंक भएकोले यसलाई स्वस्थ बनारहन आवश्यक भएको बताए । आँखाको समस्याका बारेमा ढिलाई नगर्न सबैलाई सुझाए ।
सो अबसरमा सगरमाथा डिजिटल तथा फ्युचर गेट कन्सल्टेन्सिका प्रमुख जीवन पौडेल, सोपानका सिस्टर अर्गनाईजेशनका सदस्य बासुदेव पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा विद्यार्थी चेलीहरुलाई सेपानले तीजको दर खुवाएको थियो । यसअघि कार्यक्रममा सहभागि सबैलाई म्यानेजर शुसिला पौडेले स्वागत गरेकी थिईन् भने कार्यक्रमको संचालन आरजू विष्ट सल्यानीले गरेका थिए भने सभाध्यक्ष सोपानका प्रमुख सूर्यमोहन आचार्य रहेका थिए ।
























