
पोखरा भदौ १० । फादर्स डे अथवा “बुबाको मुख हेर्ने दिन ” कुशे औंसी दिनको दिनमा पर्ने गर्छ । उक्त दिन आफ्ना बुबालाई मिठो खाना र उपयोगि गिफ्ट दिएर सम्मान गर्ने गरिन्छ ।
यसदिन बुवाको मुख हेर्ने, अर्थात् बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
सोहि अवसर पारेर पोखरामा पहिलो पटक नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा २० जोडि बुबा र छोरा,छोरीले एक साथ बुबाको मुख हेर्न दिन मनाएका छन् ।
शनिवार पोखरा उद्योग बाणिज्य सघंको सभाहलमा छोरा छोरिले केक खुवाएर र उपाहार दिएर एकसाथ बुबाको मुख हर्ने दिनमा सहभागि भएको नन्द इन्टरटेन्मेन्ट हाउसका प्रवन्ध निर्देशक देवेन्द्र शाहीले बताए ।
कार्यक्रममा २ वटा राउन्ड समावेश गरिएको थियो पहिलो राउन्डमा केके खुवाउने र दोस्रो राउन्डमा गिफ्ट आदान प्रदानको साथमा फोटो सेसन समेत समावेश गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदश्य राज कुमारी भुजेलले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु भएको बताउदै त्यो अवसर कार्यक्रमले प्रदान गरेको बताइन्
कार्यक्रममा इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्सका प्रमुख समिर थापा, गितकार करण तामाङ,अलौकिक कवि देशभक्त कुवँर लगाएतको सहभागिता रेहेको थियो भने पोखरा लाइल्ड स्टार,गण्डकी स्टारका बिभिन्न समयका बिजेताले सांगितिक प्रस्तुति राखेका थिए ।
यसैबिच उक्त अबसर पारेर बुबा प्रति सर्मपित गित कोपिला ३ समेत सर्बजनिक गरिएको थियो । सर्बाजनिक भएको गितमा सिम्रन परियारको अवाज रहेको भने गित अलौकिक कवि देशभक्त कुवँरले लेखेका हुन त्यस्तै गितमा शितल केसी,गृष्मा गौतम,समिर कुमाल, कोपिला गौतमको अभियन देख्न सकिन्छ ।
नन्द इन्टरटेन्मेन्ट हाउसले डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























