काठमाडौं, १४ साउन । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्से नकारात्मक लयमा गएकाे छ । अघल्लाे दिन साउन १३ गते नेप्से बढेर ३००० विन्दु पार गरेकाे थियाे । यसदिन नेप्से ३०० विन्दु तल झरेर बन्द भएकाे छ । यसका साथै काराेबार रकममा पिन कमि कमि भएकाे छ ।

नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको हाे । सेन्सेटिभ इण्डेक्स १०.७५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.६३ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंकले घटेको छ।

साउन १३ गते हिजाे करोबार साढे १८ अर्ब नाघेकाेमा यसदिन ३२७ कम्पनीहरुकाे १ लाख ४१ हजार ५२० पटकको कारोबार हुँदा रुपैयाँ १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँबराबरको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ।

सान्भि इनर्जी र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लागेकाे । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशत बढीले बढेको छ । सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत बढीले बढेको छ। ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडी रहेकाे छ। कम्पनीको १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको ७३ करोड रुपैयाँभन्दा तथा शिवम् सिमेन्ट्को करााेबार रुपैयाँ ५७ करोडले नाघेको छ।

१३ उपसमूहमध्ये एउटाकाे परिसूचक बढेको छ । बाँकी रहेका १२ उपसमूहहरुको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचकमा सामान्य बृद्धि भएकाे छ । लघुवित्त उपसमूहको परिसूचक ३.२८ प्रतिशतले घटेको छ। विकास बैंक उपसमूहको परिसुचक ३ प्रतिशत बढीले घटेको छ । वित्त, होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशत बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0