पोखरा, १२ साउन । काठमाडौं लगायत विभिन्न जिल्लामा शाखाहरु रहेकाे पोखरा चिप्लेढुंगास्थित सोपान ग्लोबल एजुकेशनमा आज जापान नेपाल फेलोसिप कार्यक्रम गरिएको छ ।

सोपानमा जापानीज भाषाको अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि कमाउँदै सिक्दैको अवसर जुराउन पहिलो पटक पाेखरामा नयाँ याेजना सोपानमा सुरु गरिएको आयोजित सेमिनारमा जानकारी दिईयो ।

कार्यक्रममा सोपान ग्लोबल एजुकेशनका प्रमुख, सेमिनारका संयोजक सूर्यमोहन आचार्यले जापानमा अध्ययनका लागि जानु पहिले भाषाको ज्ञान अनिवार्य भएकोले भाषाका कक्षाहरु संचालन भईरहेको बताए ।

आचार्यले भने, ‘अब भाषाको सिकाईले मात्र नपुग्ने महशुस हामीले गर्यौं । समय एआईकाे आईसकेको छ । सामान्यतः यसको पनि जानकारी हाँसिल गर्नु अआवश्यक भईसकेको छ । अर्को कुरा जमाना प्रविधिको हो । सबै काम प्रविधिमैत्री हुन थालेका छन् । विभिन्न प्लेटमर्फ बनेका छन् । अब ति प्लेटफर्महरुको हातहातबाटै उपयोग गर्दै, सिक्दै र कमाउदै जानुपर्छ ।

हामीले विद्यार्थीलाई जापानीज भाषा सिक्दै गर्दा दिनमा थोरै समय आफु अध्ययन गर्न जाने देशको संस्कार, संस्कृति, भाषा, चालचलन र परम्पराहरुको पनि ज्ञान आर्जन गर्नुपर्छ भनिरहेका छौं यसलाई मनन् गर्नुहाेला। यसका लागि टिकटक, फेसबुक, इन्स्टाग्रामबाट लगायतका डिजिटल प्लेटफर्ममा यि कुराहरुको प्रवर्धन र आदानप्रदान गर्न सकिन्छ ।

पोखराका लागि जापान नेपाल फेलोसिप कार्यक्रमका संयोजक शुसान्त पौडेलले यस प्रकारको फेलोसिपको कार्यक्रमको सोच जापानीज शिक्षक हिरोसी ओकिताले ल्याएकाे बताए । काठमाडौंपछि पोखरामा पहिलो पटक सोपान एजुकेशनले ल्याएकोले विद्यार्थीले भाषा, संस्कार, संस्कृति, परम्परा र प्रवर्धनका विभिन्न कुराहरुमा जोडिएर टिकटक, फेसबुक र इन्स्टाग्राम लगायतकाे माध्यमले अर्थ आर्जनको बाटो बनाउन सक्ने बताए ।

सेमिनारमा सोपानमा जापानीज भाषा सिकिरहेका ३ दर्जन बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0