
काठमाडौं, ६ साउन । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन नेपाली बजारमा सुनचाँदीको भारी मात्राले उकालाे लागेकाे छ । सुनको भाउ प्रतितोला रुपैयाँ १८ सयले बढेकाे छ । चाँदीमा नयाँ रेकर्ड कायम भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाले नयाँ रेकर्ड बनाएकाे छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेकाे हाे । यसदिन चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
बितेका पाँच दिनदेखि सुनको मूल्य निरन्तर उकालाे लागिरहेकाे महासंघले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























