काठमाडौं, ४ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बढेको छ । चाँदीमा रुपैयाँ ६५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ६५ ले भाउ बढेको छ । यसरी भाउ बढेको चाँदी तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0