
पोखरा, ३ असार । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा मंगलबार नेपाल प्रहरीका उच्च अधिकारीसहित २८ जनाले अवलोकन भ्रमण गरेका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे सिलसिलामा पोखरा आएका एआईजी, डिआईजी सहितका एसएसपिहरुले कलेजको संञ्चालन, व्यवस्थापन र प्रगतिका बारेमा जिज्ञासा राखेका थिए ।
साे अवसरमा कलेजका अध्यक्ष अशोक पालिखेले भने, हामीले १९९८ मा पोखरालाई शिक्षा र पर्यटनको हब बनाउने उदेश्य लिएर पोखरा, देश विदेशमा रहेका साथीहरु मिलेर ५ रोपनी जग्गा भाडामा लिएर कलेज स्थापना गरेका हौं । हामीहरु ११३ सञ्चालक रहेको यो कलेज पव्लिक लिमिटेड अन्तर्गत आफ्नै बलबुताले चलिरहेको छ ।
अहिले हामी २९ रोपनी जग्गामा फैलिएका छौं पालिखेले भने । हामी कलेज खोलेर मात्रै पहिलो भएका छैनौं । कलेज अहिले देश विदेशमा ब्राण्डिङ भईसकेको छ । हाम्रो लक्ष्य भनेको सधैं उत्कृष्ट भईरहने हो त्यसका लागि हामी कुनै कसर बाँकी राख्दैनौं र सम्झौता पनि गर्दैनौं । नतिजा पनि उत्कृष्ट भईरहेको छ । क्षमतावान विद्यार्थीहरु उत्पादन भईरहेका छन् ।
पालिखेले भने, २००१ देखि हालसम्म २३ औं व्याचका १४ सय विद्यार्थी पासआउट भएका र उनीहरु कोहि बेरोजगार नभएका जानकारी दिए । हाल कलेजमा प्लस टु होटल म्यानेजमेन्ट, बीएचएम, बीबीए, बीबीए फाइनान्स र इएमबीएका कक्षाहरु सञ्चालन भईरहेका छन् । उनले भविष्यमा व्यवस्थापनकै उच्च विषयहरु अध्यापन गराउने सोंचमा रहेको बताए ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले समग्र कलेजको इतिहास, वर्तमान अवस्था र भविष्यका योजनाहरुको चर्चा गरे । उनले नेपालको पहिलो कलेज एनटिएचएमसि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ब्राण्डिङ भईसकेकाे र कलेजले एशिया, यूरोप र अमेरिकामा रहेका युनिभरर्सिटिहरुसंग शैक्षिक गतिविधि सञ्चालनका लागि विविध सम्झौता गरिसकेको बताए । उनले छिट्टै फ्रान्स लगायतका देशका कलेजसंग एमओयु हुने तरखरमा रहेको बताए ।
हरेक वर्ष एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क बेकरी, बारिष्टा, कुकरी, हाउस किपिङ, किचेन लगायतका विषयमा तालिम दिन्छौं । जसमा मागभन्दा तेब्बर विद्यार्थी आउने गरका छन् । कहिले समाजमा रहेका महिला दिदिबहिनीहरुकाे लागि तालिम दिन्छौं ।
एनटिएचएमसिले अब उचाई लिईसक्यो । हामीले यसलाई समय सापेक्ष स्तरउन्नति गर्दै जानुपर्छ र त्यो कार्ययोजना आईसकेको छ रेग्मीले भने । हामीलाई विद्यार्थी खोज्न गाह्रो भएको छैन । भर्ना खुलाएको तीन घन्टामा मागभन्दा बढी विद्यार्थीहरुले फाराम भरिसकेका हुन्छन् ।
हामी विद्यार्थीसंगै उनीहरुमा अभिभावकको पनि अन्तरवार्ता लिन्छौं र सबै प्रक्रिया पूरा भएपछि भर्ना गर्छौं रेग्मीले भने। विदेशमा यही कोर्ष पढ्न जाने हो भने ३० लाख देखि ५० लाखसम्म लाग्छ । तर नेपालमै, नेपालको पोखरामै यो कोर्ष साढे ८ लाखमा पूरा हुन्छ उनले भने ।
प्रिन्सिपल रेग्मीले विद्यार्थीको सुविधाका लागि पोखराका चारवटे नाकाबाट निःशुल्क बस र खानाको व्यवस्था रहेको र उनीहरुले सैद्धान्तिक ज्ञानसंगै अत्याधुनिक ल्यावमा प्रयोगात्मक सिकाई पनि संगै अगाडी बढाईरहेको बताए । रेग्मीले प्रविधि र जमाना एआईकाे आईसकेकोले प्रविधि अनुसरणमा कमि नहुने र विश्वमा नयाँ के कुरा अभ्यासमा आईरहेका छन् तिनीहरुको पनि ख्याल राख्न पछि नपर्ने जमर्को गरिरहेको बताए ।

























