
काठमाडौं, २७ जेठ । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीकाे मूल्यमा भने बढेर नयाँ रेकर्ड कायम भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसिदन छापावल सुन ताेलामा रुपैयाँ ६ सयले घटेकाे छ । चाँदीकाे भाउले नयाँ रेकर्ड बनाउदै रुपैयाँ ज्एञछ ले बढको छ ।
छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएकाे छ । साेताे धातु चाँदी तोलामा १५ रुपैयाँ बढेर दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























