क्यानबेरा, ३० भदौ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न अस्ट्रेलियामा पूर्वचेतावनी प्रणाली विकास गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायको प्रमुखले बताउनुभएको छ ।

अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटकी महानिर्देशक अबिगेल ब्राडशाले सोमबार क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले सरकारी निकाय तथा व्यवसायहरूले एआईलाई सुरक्षा क्षमता अभिवृद्धि गर्ने उपयोगी माध्यमका रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

ब्राडशाले गुप्तचर तथा सुरक्षा निकायहरूले एआई प्रविधि विकास गर्ने कम्पनीहरूसँग सहकार्यलाई थप सुदृढ गर्दै सम्भावित जोखिमसम्बन्धी सूचना समयमै आदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0