
पोखरा, ६ भदौ । पोखरामा भूतपूर्व सैनिक, प्रहरी, बिद्यार्थी छात्र÷छात्रा, खुला महिला, पुरुष ५ किलोमिटर र आमा समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार भूतपूर्व सैनिक÷प्रहरी,पोखरा ११ का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड सम्पन्न भएको हो ।
मञ्चले आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्ने २० औँ श्रृंखला अन्तरगर्त रहेर पोखरा ११ मा उक्त प्रतियोगिता आयोजना गरिएको रेस डाइरेक्टर तेजबहादुर गुरुङले जानकारी दिए। फूलबारीस्थित सिद्धेश्वर शिवमन्दिर चोकबाट शुरु भएको दौड पोखराका बिभिन्न ठाउँहरु परिक्रमा गरि सोहि ठाउँमा पुगेर समापन भएको हो । दौडमा भूतपूर्व सैनिक तर्फ कमल गुरुङ पहिलो, भक्तराज गुरुङ दोस्रो,रुम बहादुर केसीले तेस्रो भए ।
३ किलोमिटर आमा समुह दौडमा प्राइम मन्टेश्वरीकि अश्मिता दस्कार पहिलो,रामेश्वर योग साधनाकि पार्वती लामिछाने दोस्रो,महाकालेश्वर आमा समुहकि शुसिला वरालले तेस्रो स्थान प्राप्त गरिन् । ५ किलोमिटर छात्र तर्फ सिजन थापा मगर पहिलो शाहिल गुरुङ दोस्रो र कोमन गुरुङ तेस्रो हुदा छात्रा तर्फ सम्मृद्धि मरासिनी पहिलो,कविता मगर दोस्रो र सादगी शर्माले तेस्रो स्थान प्राप्त गरिन् ।त्यसैगरि खुला महिला तर्फ नितु तामाङ पहिलो,जानकि राना दोस्रो र छोटि शेर्पा तेस्रो हुदा खुला पुरुष तर्फ दलबहादुर कुवँर पहिलो,गौतम श्रेष्ठ दोस्रो हुदा महेन्द्र बहादुर वोगटीले तेस्रो स्थान प्राप्त गर्न सफल भए।
बिजेता धावकहरुलाई पश्चिम पृतनापति उपरथी भोलानाथ थापा, पोखरा ११ का वडा अध्यक्ष प्रेम प्रसाद कमाचार्य मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, भारतीय भु.पु गोरखा बिग्रेड पोखराका अध्यक्ष कृष्ण बहादुर खत्री, उपाध्यक्ष मेजर गम बहादुर गुरुङ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ,निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिना, सचिव महेश पौडेल लगाएतले मेडल, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए। सो कार्यक्रममा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स, पोखरा महानगरपालिका वडा नं ११ सहयोगि संस्थाको रुपमा रहेका थिए ।
यस अघि साउन २ गते वडा नं. १५ मा मञ्चले १९ औँ श्रृङखला अन्तगर्तको दौड प्रतियोगिता आयोजना गरेको थियो । मञ्चले आयोजना गर्ने अर्को दौड प्रतियोगिता असोज महिनाको ३ गते पहिलो शनिवार पोखरा ७ मा हुनेछ ।





















