Home main with pic नेपाल पत्रकार महासङ्घ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न 

नेपाल पत्रकार महासङ्घ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न 

नेपाल पत्रकार महासङ्घ कास्कीको फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न 

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन सत्रमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपूर्ण बन्न मद्दत गर्ने बताए । उनले पत्रकारको कर्मलाई समाजले निगरानी गरिरहेको हुने बताउँदै आफ्नो कर्ममा निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । 

सहभागीको तर्फबाट बोल्दै सञ्चारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्यायले तालिम छोटो समयको भएतापनि प्रभावकारी भएको बताए । आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोबाइलको उच्चतम् प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे । 

वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व सहित आफ्नो अनुभव सहित सहजिकरण गरे । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव मधु अधिकारीले गरेका थिए । तीन दिन सम्म सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्ध ७० जना पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here