विवादको मुख्य कारण
पोखरा महानगरपालिकाको नगर कार्यपालिकाले गत २०८३/०१/०३ गते एक सूचना प्रकाशित गरी सार्वजनिक, ऐलानी र पर्ति जग्गामा बिना अनुमति बनेका संरचनाहरू ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो। उक्त निर्णयले वर्षौँदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा त्रास फैलाएको संघर्ष समितिले जनाएको छ।तथ्याङ्क र दाबी
ज्ञापनपत्रमा उल्लेख भएअनुसार पोखरा महानगरभित्र हाल निम्न संख्यामा घर परिवार बसोबास गरिरहेका छन्:- भूमिहीन दलित: ३,४२१ परिवार
- भूमिहीन सुकुम्बासी: ४,०२९ परिवार
- अव्यवस्थित बसोबासी: ११,७२६ परिवार
- जम्मा: १९,१७६ घर परिवार
प्रमुख मागहरू
ज्ञापनपत्रमा ६ बुँदे माग राखिएको छ, जसमा मुख्य गरी: १. महानगरले जारी गरेको ३५ दिने सूचना ७ दिनभित्र खारेज गरिनुपर्ने। २. निस्सा प्रमाणका आधारमा घरधुरी कर तिर्ने व्यवस्था मिलाउनुपर्ने। ३. पृथ्वीचोकको पुरानो बसपार्क व्यवस्थापन गर्दा त्यहाँका बसोबासीलाई उचित विकल्पसहित व्यवस्थापन गरेर मात्र काम अघि बढाउनुपर्ने। ४. संविधानको धारा ३७ र ४० बमोजिम आवासको हक र भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने।
अन्तिम चेतावनी
संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरुङ र सह-संयोजक रमेश बलकोटीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विकास निर्माणको काममा आफूहरू बाधक नहुने तर उचित व्यवस्थापन बिना विस्थापित गर्न नपाइने अडान राखिएको छ। यदि मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। ज्ञापनपत्र बुझाए पछि काेणसभामा बाेल्दै राष्ट्रिय भूमिअधिकार मञ्च गण्डकीका अध्यक्ष राम बहादुर लामिछानेले बिनाविकल्प जबरजस्ति नउठाउन अनुराेध गर्नुभयाे । उनीहरुकाे हक संविधानमा लेखिएकाे छ तर व्यवहार कार्यान्वयनमा देखिएकाे छैन । मञ्च सबैकाे साझा संस्था भएकाेले समस्या समाधानका लागि प्रतिवद्ध भएर लागिरहेकाे बताउनु भयाे ।