पोखरा, १८ जेठ । नेपाल मोबाईल व्यवसायी महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनबाट नयाँ समिति सर्वसम्मत चयन गरिएको छ ।

समितिको अध्यक्षमा देबकुमार श्रेष्ठ चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा विष्णुनारायण श्रेष्ठ,, उपाध्यक्षमा शिव पोखरेल, महासचिवमा किरण ढकाल, कोषाध्यक्षमा ढाकामोहन अधिकारी चयन भएका छन् ।

यस्तै, सचिवमा श्रीप्रसाद आचार्य, सहकोषाध्यक्षमा गोविन्द पाण्डे, सदस्यमा होमविलास सापकोटा, जनकराज सुबेदी, बिदुर बिसी, बुद्धि बहादुर थापा,, निर्मल गौतम, अंजली श्रेष्ठ, हरि पौडेल चयन भएका छन् ।

यस्तै, सदस्यमा राजेन्द्र पौडेल, सन्दिप ढकाल, रुबेन्द्र कुँवर, सन्तोष पौडेल, केशवराज आचार्य, हिक्मत श्रेष्ठ र रोशनराज बास्तोला रहेका निवतैमान अध्यक्ष उदय बहादुर के.सी.लाहुरे दाईले जानकारी दिएका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीक हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, म पनि व्यवसायीक क्षेत्रबाट आएको हुँ, दुई पटक चुनाव जिते र मन्त्री पनि भएँ । आफ्ना केहि योजना छन् भने प्रस्ताव लिएर आउनुस् म सकेको सहयोग गर्छु । पोखरा पर्यटन र खेलकुदको शहर भएकोले यससंग सम्बन्धीत कार्यक्रम ल्याए सघाउन तयार रहेको बताए ।

शनिबार भएकाे उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष भरत भट्टराई, गण्डकी का अध्यक्ष उदय बहादुर के.सी लाहुरे दाई, नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका अध्यक्ष कमल प्रसाल न्यौपानेले बाेलेका थिए ।

महासंघ गण्डकीका महासचिव नारायण सुवेदी, मोवाईल वितरक संघका अध्यक्ष मनोहर श्रेष्ठ, संघका कास्की अध्यक्ष चिन्तामणी खरेल लगायतले व्यवसायमा एकरुपता हुनुपर्ने र एकतावद्ध भएर जानुको विकल्प नभएको बताए । उनीहरुले समस्याको रुपमा रहेको सिण्डिकेटलाई हटाउन आवस्यक भएकोमा जोड दिएका थिए ।

कार्यक्रम उदय बहादुर के.सी लाहुरे दाईको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0