पाेखरा, ७ चैत । ग्लाेबल मनि वीककाे अवसरमा पाेखरामा रहेका ‘ग’ वर्गका वित्तीय संस्थाद्धारा चैत्र ७ गते शनिबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ ।

पोखरा महानगरपालिका भित्र रहेका ‘ग’ वर्गका वित्तीय सँस्थाका कर्मचारीहरु चिप्लेढुँगा मानवअधिकार चोकमा भेला भई प्रभातफेरी सुरु गरिएकाे थियाे ।

कार्यक्रममा गुहेश्वरी मर्चेन्ट बैंकिङ तथा फाइनान्स लि., प्रोगेशिभ फाइनान्स लि., वेष्ट फाइनान्स लि., रिलायन्स फाइनान्स लि., आईसिएफसि फाइनान्स लि.र मन्ञुश्री फाइनान्स लि.का कर्मचारीहरुसहित करिब ३० जनाको सहभागीता रहेको थियो । सो प्रभातफेरी महेन्द्रपुल झण्डापार्कमा गएर सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0