काठमाडौं, ५ चैत । साताका शेयर काराेबार हुने अन्तिम दिन बिहीबार नेपाली शेयर बजारमा उच्च अंककाे बढाेत्तरी देखिएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७.०३ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ११.६३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ४.८५ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंकले बढेको छ। यस दिन कारोबार रकममा पनि बृद्धि भएकाे छ।

मंगलबार १२ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाे बजारमा बिहिबार ३४२ कम्पनीहरुकाे १ लाख ९१ हजार २५१ पटक शेयर किनबेच भएकाे छ । यसबाट २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँबराबरको काराेबार भएकाे छ । ५ करोड ६९ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ वटै उपसमूहमा हरियाली छाएको छ। विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९५ प्रतिशतले बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक ३.१६ प्रतिशत बढेको छ भने जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । यसदिन वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशत बढी बढेको छ।

चारवटा स्टक कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशत बढेको छ। नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य ५.१२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ग्रुप पावर सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको ६७ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकाे छ। नेशनल हाइड्रोपावरको ६७ करोड नजिककाे शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावरको साढे ६२ करोड बढीकाे काराेबा। भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0