नारायण शर्मा/नवलपरासी, २४ माघ ।

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनाल ३५ हजार मतान्तरले निर्वाचित भएका छन्। खनालले ४५ हजार २४१ मत पाएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार चौधरीले ९ हजार ५०२ मत मात्र प्राप्त गरे ।

एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टीका ह्रदयेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले १ हजार ५९३ मत पाए । त्यहाँको क्षेत्र नम्बर २ मा पनि रास्वपाका नरेन्द्र गुप्ता निर्वाचित भएका छन्। खनाल र गुप्ता दुबै कांग्रेस छोडेर रास्वपा प्रबेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0