पोखरा, १० फागुन । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराद्धारा आयोजित गोल्डकप महापण्डितका बिजेता पोखरा १५ कि गंगा त्रिपाठी बन्न सफल भएकि छन् ।

पोखरामा माघ २७ गते देखि फागुन ९ गतेसम्म सञ्चालन भएको २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला भन्ने प्रश्नमा अनुमानित सहि उत्तर दिने स्रोताहरुमा मध्येबाट गोलाप्रथा मार्फत त्रिपाठी बिजेता बन्न सफल भएकि हुन् । बिजेता बनेकि त्रिपाठीले गोल्छा ग्रुप अन्तरगर्त रहेको हिम स्टार कम्पनीको तर्फबाट ३२ इन्चको स्मार्ट टेलिभिजन प्राप्त गरेकि हुन् ।

आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनलाई रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, रेडियोकै समाचार प्रमुख आरजु बिष्ट ‘सल्यानी’ सहारा क्लब पोखराका महासचिव गंगाराज पौडेल, हिम इलेक्ट्रोनिक्स प्रा.लिको तर्फबाट सुन्दर मार्ग ब्रान्च पोखरा म्यानेजर काब्य सुवेदी र एरिया म्यानेजर विवस तिमिल्सिना, हिमश्री फुड्स प्रालिका एरिया म्यानेजर माधब लम्साल र विजय पौडेल रेडियोका मार्केटिङ म्यानेजर नारायण पौडेलले संयुक्त रुपमा त्रिपाठीलाई हिम स्टार कम्पनीको तर्फबाट ३२ इन्चको स्मार्ट टेलिभिजन र एक काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै सहारा क्लब पोखराका महासचिव गंगाराज पौडेलले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।

हिम इलेक्ट्रोनिक्स प्रा.लिको तर्फबाट सुन्दर मार्ग ब्रान्च पोखरा म्यानेजर काब्य सुवेदी र एरिया म्यानेजर विवस तिमिल्सिना द्धयले लोकप्रिय रेडियोमार्फत जोडिन पाएकोमा खुशी व्यक्त गरे। उनिहरुले गोल्छा ग्रुप अन्तरगर्त रहेको हिमस्टारका ब्राण नेपाली उत्पादन भएको उल्लेख गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भए पनि हिमस्टारका सामान प्रयोग गर्न आग्रह गरे।

हिमश्री फुड्स प्रालिका एरिया म्यानेजर माधब लम्सालले प्रतियोगिताले बजारलाई चलायमान बनाउन सहयोग गर्ने बताए । रेडियो कायक्रमले गर्दा पनि प्रतियोगतालाई थप सहयोग पुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।रेडियोका मार्केटिङ म्यानेजर नारायण पौडेलले कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रायोजकहरुलाई धन्यवाद दिए ।

बिजेता त्रिपाठीले आफूले सोंच्दै नसोंचेको उपहार परेको भन्दै अप्रत्याशित खुशी मिलेको बताइन् । पहिलोपटक रेडियोबाट फोन गरेर टिभी परेको खबर दिदा आफूलाई विश्वास गर्नै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले त्यसपछि परिवारलाई बताउँदा सबै खुशी भएको बताइन्। साथै उनले सहारा क्लवले आयोजना गरेको आहा रारा गोल्डकप र त्यसलाई सघाउन रेडियो अन्नपूर्णले गरेको योगदान अतुलनीय रहेको उल्लेख गरिन् ।

प्रतियोगिता अवधिभर रेडियोले हरेक दिन राति ८ बजे देखि ८ः ३० बजे सम्म आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै हरेक दिनको प्रश्नको सही उत्तर दिने मध्येबाट अनुमानित सहि उत्तर दिने स्रोताहरु मध्येबाट सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र हिमश्री फुड्स प्रालिद्धारा उत्पादित १ कार्टुन रारा चाउचाउ प्रदान गरएिको थियो ।माघ २७ गते देखि फागुन ९ गतेसम्म सञ्चालन भएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।रजत बर्ष मनाइरहेको क्लबले १२ बर्ष पछि जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0