
नारायण शर्मा, परासी संवाददाता, २ फागुन। बिनोद चौधरी उम्मेदवार रहेका क्षेत्रका दुई जना नेपाली कांग्रेसका प्रभावशाली नेताले कांग्रेस पार्टी परित्याग गरेका छन ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ स्थित बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसका पार्टी सभापति दामोदर जिशि र प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सचिव बालिन्द्र बिक्रम शाहिले नेपाली कांग्रेस परित्याग गरेका हुन ।
दुबैले छुटाछुटै बिज्ञप्ती मार्फत कांग्रेस पार्टीको हाल सम्मको जिम्मेवारीमा नरहने घोषणा गरेका छन ।
हामीले २० औ वर्षदेखि नेपाली कांग्रेसको राजनिति गरेर पार्टीमा आआफनो हैसियत बनाएर निर्वाचित भएका थियो तर स्थानियको माग बिपरित नेपाली कांग्रेसले यहाका मतदाताको चाहाना बिपरित बिनोद चौधरीलाई टिकट दिएर कार्यकर्ताको भावना विपरित काम गरेका कारण त्यो पार्टीमा रहन सकिएन जिशिले टेलिफोनमा भने यहाँबाट अघिल्लो पटक निर्वाचिन बिनोद चौधरीवाट कुनै काम हुननसकेका कारण जनताको माग बमोजिम हामीेले राजिनामा दिएका हौ ।
शाहिले स्थानिय क्षेत्र नम्बर १ का कांग्रेसका शुभेच्छु मतदाता बिनोद चौधरीको बिरुद्ध उभिएका कारण उनिहरुको माग बमोजिम आफुले पार्टी छोडेको शाहिले जानकारी दिए ।
दोश्रो पटक कांग्रेस केन्द्रिय सदस्य बिनोद चौधरीले प्रतिनिधि सदस्यमा उम्मेदवार बनेपछि यहा कांग्रेस छोडनेक्रम बढदो छ । पछिल्लो पटक प्रदेश कमिटि सचिव र बर्दघाट नगरपालिकाका कांग्रेस सभापतिले एकै दिन शनिवार राजिनामा दिएका हुन । उनिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाललाई सहयोग गर्ने बताइएको छ । उनिहरुले निर्वाचनको मुखमा पार्टी छोडनुले चौधरीलाई धक्का लागेको बिष्लेष गरिएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कांग्रेस छोडेर रास्वपाका उम्मेदवार बनेपछि यहा कांग्रेस छोडनेक्रम बढेको बताइएको छ । नेपाली कांग्रेस पश्चिम नवलपरासी उच्च श्राेतका अनुसार यहाँको कांग्रेस पार्टीमा मुख्य जिम्मेवारीमा रहेका दुई दर्जन नेताहरु पार्टी छोड्ने तर्खरमा छन्।
























